ghar sansar

महाकाली नदीको रोयल्टी हिनामिना विरुद्ध चौकीसोतामा चार दलको चक्काजाम घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली नदीको रोयल्टी हिनामिना विरुद्ध आन्दोलित चार दलले सोमबार चौकीसोतामा चक्काजाम घोषणा गरेका छन् । यस अघि ती रोयल्टी हिनामिना रोक्न माग गर्दै भीमदत्त नगरपालिका सहित विभिन्न राजनीतिक दललाई मागपत्र बुझाएर दबाव दिएका थिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा आन्दोलनमा उत्रिएका छन् । ती चार दलको वडा कमिटीले केही दिन अघि संयुक्त बैठक बसेर संयुक्त आन्दोलन गर्ने निर्णय गरेका थिए ।

,orning glory badhai
dirghayi clinic

नेकपा एमाले वडा कमिटी अध्यक्ष गीता ओलीले रोयल्टी रकम संकलनमा जानाजान गम्भीर त्रुटी गरी हिनामिना भएकाले आन्दोलनमा उत्रिएको बताइन् ।

‘कार्यालयका छाप विना नै राजश्व संकलन गरिएको छ, यति गम्भीर विषयमा पनि कार्यालय चुपचाप छ’ उनले भनिन्,‘त्यस विरुद्ध भोलि चौकीसोतामा चक्काजाम गर्छौ ।’

कार्यालयका छाप विनाका रसिद भेटिएपछि चार दलले भीमदत्त नगरपालिकालाई सात दिने अल्मिटेम दिएर ज्ञापन बुझाएका थिए ।

भीमदत्त नगरपालिकाले ठेक्का लगाउन नसकेपछि अमानमा रोयल्टी संकलन गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...