
महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ टुँडीखेलमा सिमलको रुखमा बाघको छाला भेटिएपछि सशस्त्र प्रहरीले बरामद गर्न घेरा हालेको छ । सशस्त्र प्रहरीको टुँडीखेल बिओपीले केही समय अघिदेखि छाला भेटिएको खेतमा घेरा हालेको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार टुँडीखेलका स्थानीय अमर रोक्का मगरको खेतको सिमलको रुपमा छाला भेटिएको छ । सशस्त्रले मगरलाई पनि खोजबिन गरि रहेको छ । उनी टुँडीखेलस्थित बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

सशस्त्रले छाला सुकाउन सिमलको रुपमा राखेको आशंका गरेको छ । बाघको छाला राखिएको गोप्य सूचनाका आधारमा सशस्त्रको टोली परिचालन गरिएको छ ।
