ghar sansar

महाकाली नदीको रोयल्टी हिनामिना विरुद्ध भुजेलावासी आन्दोलित, चौकीसाता चक्काजाम

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकालीको नदीजन्य पदार्थको रोयल्टी संकलनमा अनियमितता गरिरहेको विरोधमा तटीय क्षेत्रका स्थानीयले सोमबार बिहान चक्काजाम गरेका छन् ।

महाकाली नदी किनारको भीमदत्त नगरपालिकाका वडा नं. ११ का स्थानीयले चौकिसोतामा एक घण्टा चक्काजाम गरेका हुन। अनियमितताको विरोधमा यहाँका क्रियाशिल राजनीतिक दलका प्रतिनिधि र स्थानीयले चरणवद्ध विरोध कार्यक्रम गर्ने जनाएका छन् ।

ratnam malkhad

वडा नं. ११ मा कांग्रेस बाहेकका सबै क्रियाशिल राजनीतिक दलका प्रतिनिधिले अनियमितता रोक्न पहलकदमी लिनुपर्ने माग गर्दै यसअघि भीमदत्त नगरपालिका र नेकपा एमालेको भीमदत्त नगर कमिटीलाई ज्ञापनपत्र समेत दिएका थिए ।

चालु आर्थिक वर्षमा महाकाली नदीको नदीजन्य पदार्थको उत्खननको लागि रोयल्टी संकलन कार्य ठेक्का प्रकृयाबाट नगराई नगरपालिकाले आफै अमानतमा गरिरहेको छ। उक्त रोयल्टी संकलनमा व्यापक अनियमिता भइरहेको, विना छापका रसिद काट्ने, एउटै रसिद बारम्बार प्रयोग भइरहेको आरोप स्थानीयबासी, जनसरोकारवाला संघ, संस्थाले लगाएका छन् ।

पटक पटक आवाज उठाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको उनीहरुले बताए । त्यसको विरोधमा आज एक घण्टा चक्काजाम गरिएको र अनियमितता नरोकिए चरणवद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने स्थानीयको भनाई छ ।

सोमबार प्रभावित क्षेत्रका स्थानीय चौकीसोतामा एकत्रित भएका थिए। वडा नं. ११, १२ र १३ का बासिन्दाले नदीजन्य पदार्थ बोकेका गाडीहरुले धुलो उडाउने तर धुलो व्यवस्थापनका लागि पानीको व्यवस्था समेत नगरिएको गुनासो गरे ।

एमाले नगर कमिटी अध्यक्ष हिमाल चन्दले यसअघि वडा नं. ११ का क्रियाशिल राजनीतिक दलहरुले सशक्त पहलकदमीका लागि ज्ञापनपत्र बुझाएको र त्यसमा आफ्नो पार्टीको ऐक्यवद्धता रहेको बताए ।

‘राजस्व संकलन जस्तो सम्बेदनशील विषयमा स्वयम् स्थानीय जनसमुदायले सरोकारवालाहरु निकायको चरम लापरवाही, उदासिनताले राज्यलाई दैनिक लाखौ रकम हिनामिना भईरहेको विषयमा तत्कालै कडा कदम चाल्न नगरपालिकालाई जोडदार माग गर्दा समेत बेवास्ता गरिएको छ,’ उनले भने ।

वडा नं. ११ की एमाले वार्ड अध्यक्ष गीता ओली, नेकपा माओवादीका प्रतिनिधि चन्द्रसिंह धामी, राप्रपाका रोशन विष्ट, नेकपा एकीकृत समाजवादीका सुरेशदत्त भट्ट र रास्वपाका प्रतिनिधि गोविन्दबल्लभ पन्तलगायतले नगरपालिकाकै कर्मचारीले रोयल्टी संकलनमा बदमासी गरिरहेको भन्दै विरोध गरिरहेका छन्।

Himal dental
सम्बन्धित
Loading...