ghar sansar

महाकाली नदीको रोयल्टी हिनामिना विरुद्ध चक्काजाममा झडप

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदीको रोयल्टी संकलन हिनामिना गरिएको भन्दै स्थानीयले गरेको चक्काजाममा सोमबार झडप भएको छ । भीमदत्त नगरपालिका ११ चौकीसोतास्थित पाँच दलको अगुवाईले स्थानीयले दुई घण्टा चक्काजाम गरेका हुन् ।

विहान ८ बजदेखि गरिएको चक्काजामको अन्तिमतिर स्थानीय ८–१० जानको समूहले आन्दोलनमा सहभागी चेतन रावतमाथि हातपात गरेपछि झडप हुन पुगेको छ । उनीहरुले रावतमाथि एकाएक हातपात गरेपछि अवस्था तनावग्रस्त बन्न पुगेको छ ।

ratnam malkhad

नेकपा एमाले भीनपा ११ वडा कमिटी अध्यक्ष गीता ओलीले चक्काजाम कार्यक्रम समापन हुन लाग्दा झडपको अवस्था आएको बताइन् । ‘चक्काजाम सकिने लागेको थियो, त्यही बेला एकाएक यस्तो अवस्था आयो’ उनले भनिन् ।

भीमदत्त नगरपालिकाले कार्यालयको छापविना रोयल्टी काटिएको रसिद भेटिएपछि एमाले सहित माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले नगरपालिका र प्रशासन कार्यालयलाई छानबिनका लागि निवदेन दिएका थिए । ती दुबै निकायबाट छानबिनमा चासो नदेखाएपछि स्थानीयले दबावका लागि विहान चक्काजाम गरेका छन् ।

भीमदत्त नगरपालिका कार्यालयले केही दिन अघि छाप विना रसिद काटिएको स्वीकार गरेको समाचार बाहिर आएको थियो । छाप विना रसिद काटिएको स्वीकार गरिए पनि त्यसमा संलग्न कर्मचारीमाथि छानबिन गर्न नगरपालिकाले आनाकानी गर्दै आएको छ ।

रोयल्टी बदमासी विरुद्ध आन्दोलनमा काँग्रेस सहभागी भएको छैन । अहिले भीमदत्त नगरपालिका र भीनपा ११ मा काँग्रेसका नेतृत्व छ । काँग्रेस बाहेक अन्य सबै दल छानिबन गरी रोयल्टी संकलनलाई व्यवस्थित बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

भीमदत्तले चालु आर्थिक वर्षमा महाकाली नदीको नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाउन नसकेपछि नगरपालिका आफैंले अमानतमा संकलन गरिरहेको छ ।

आन्दोलित स्थानीयले रोयल्टी संकलनमा व्यापक अनियमिता भइरहेको, विना छापका रसिद काट्ने, एउटै रसिद बारम्बार प्रयोग भइरहेको आरोप लगाएका छन् । स्थानीयबासी, जनसरोकारवाला संघ, संस्थाले लगाएका छन् ।

सोमबार प्रभावित क्षेत्रका स्थानीय चौकीसोतामा एकत्रित भएका थिए । वडा नं. ११, १२ र १३ का बासिन्दाले नदीजन्य पदार्थ बोकेका गाडीहरुले धुलो उडाउने तर धुलो व्यवस्थापनका लागि पानीको व्यवस्था समेत नगरिएको गुनासो गरे ।

एमाले नगर कमिटी अध्यक्ष हिमाल चन्दले यसअघि वडा नं. ११ का क्रियाशिल राजनीतिक दलहरुले सशक्त पहलकदमीका लागि ज्ञापनपत्र बुझाएको र त्यसमा आफ्नो पार्टीको ऐक्यवद्धता रहेको बताए ।

‘राजस्व संकलन जस्तो सम्बेदनशील विषयमा स्वयम् स्थानीय जनसमुदायले सरोकारवालाहरु निकायको चरम लापरवाही, उदासिनताले राज्यलाई दैनिक लाखौ रकम हिनामिना भईरहेको विषयमा तत्कालै कडा कदम चाल्न नगरपालिकालाई जोडदार माग गर्दा समेत बेवास्ता गरिएको छ,’ उनले भने ।

वडा नं. ११ की एमाले वार्ड अध्यक्ष गीता ओली, नेकपा माओवादीका प्रतिनिधि चन्द्रसिंह धामी, राप्रपाका रोशन विष्ट, नेकपा एकीकृत समाजवादीका सुरेशदत्त भट्ट र रास्वपाका प्रतिनिधि गोविन्दबल्लभ पन्तलगायतले नगरपालिकाकै कर्मचारीले रोयल्टी संकलनमा बदमासी गरिरहेको भन्दै विरोध गरिरहेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...