
महेन्द्रनगर । जनक शिक्षा सामाग्री केन्द्रले नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ ।
गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको हो।सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको थियो ।
अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले अहिलेसम्म ५९ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए । नयाँ शैक्षिक सत्र सुरू हुने समयसम्म सबै जिल्लाका सबै विद्यालयहरूमा पुस्तक उपलब्ध हुने झाको दाबी छ ।
५९ जिल्लामा पुस्तक पुगिसक्दा केन्द्रले कक्षा ६ देखि १० सम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छापिसकेको छ। झाका अनुसार चैत २४ देखि देशभर पाठ्यपुस्तक पु¥याउन सुरू गरिएको हो । बाँकी रहेका १८ जिल्लामा पनि केही दिनभित्र पुस्तक पुगिसक्ने उनले बताए ।
हिमाली तथा पहाडी भेगका दुर्गम क्षेत्रहरूमा ढुवानीमा केही दिन बढी लाग्ने उनले बताए। यसपालि हुम्ला, जुम्ला, कालीकोट, मनाङ जिल्लामा समेत पुगिसकेको झाले बताए ।
‘पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नैविद्यालयहरुमा पुस्तक पु¥याउन सफल भयौं,’ उनले भने ।
यसवर्ष थप तीन वटा छपाई मेसिन खरिद गरि प्रतिदिन ८० हजार छपाई क्षमतालाई बढाएर प्रतिदिन २ लाख ४० हजार पुस्तक छाप्न सक्ने क्षमतामा केन्द्र पुगेको छ। यसकारण पनि समयमै पुस्तक पु¥याउन सकिएको उनले बताए ।
कागज खरिदमा समस्या नहुनु, स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पु¥याउन सकिएको झाले बताए ।
यस वर्षको पुस्तक छपाइका लागि केन्द्रले राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट गरी ८५ करोड ऋण लिएको थियो । झाका अनुसार पाठ्यपुस्तक विक्री गरेर केन्द्रले ४० करोड ऋण तिरिसकेको छ। प्रधानमन्त्री कार्यालयबाट पनि सहयोग पाएपछि पुस्तक छपाइमा थप सहज भएको झाले बताए ।
केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२० पुस्तक बिक्री गरेको छ ।
त्यस्तै प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ ।
सोलुखुम्बु,धनकुटा,मोरङ,सुनसरी,झापा,सिरहा,सर्लाही,बारा,पर्सा,रुपन्देही,बाँके,बर्दिया,दैलेख,सुुर्खेत,डोटी,डडेलधुरा,कञ्चनपुर र कैलाली गरी १८ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी रहेको केन्द्रले जनाएको छ ।
नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको प्रबन्धक झाले जानकारी दिए ।
