ghar sansar

छोरीलाई बोर्डिङ्गबाट छुटाएर बैजनाथका अध्यक्ष कलौनीले गरे आफ्नै विद्यालयमा भर्ना

महेन्द्रनगर । सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीले आफना सन्तान निजी विद्यालय पढाउने आरोप गलत सावित गर्न थालेका छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरु गरी अध्यक्ष सहित सदस्यले आफ्ना छोरा भर्ना गर्न थालेका छन् ।

बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अच्युत प्रसाद कलौनीले आफ्नी छोरीलाई विद्यालय भर्ना गरेका छन् । रेडियन्ट माध्यमिक विद्यालयबाट कक्षा ४ उत्तीर्ण ममता कलौनीलाई आइतबार बैजनाथ माविमा कक्षा ५ मा भर्ना भएकी छन् । अध्यक्ष कलौनीले छोरीलाई भर्ना गरी विद्यालयमा भर्ना अभियान सुरु गरेका छन् ।

mantra hos123

विद्यालयका प्रधानाध्यापक हरिराज विष्टले अध्यक्ष कलौनीले छोरीलाई भर्ना गरी नयाँ विद्यार्थी भर्ना अभियान सुरु गरिएको बताए । ‘विद्यालयमा बैशाख ३ गतेदेखि औपचारिक रुपमा नयाँ भर्ना सुरु गरिएको छ, अध्यक्षज्यूले आफ्नी छोरी भर्ना गरी भर्ना अभियान औपचारिक रुपमा सुरु गरेका छौ’ उनले भने,‘यसले नयाँ अन्य बालबालिकालाई पनि भर्नाका लागि सन्देश प्रवाह भएको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफना सन्तान भर्ना गरेपछि अन्य अभिभावकलाई पनि विद्यालयप्रति विश्वास जाग्ने प्रधानाध्यापक विष्टले बताए । ‘यो एकदम राम्रो हो, यसले अन्य अभिभावकलाई पनि विद्यालयप्रति विश्वास जाग्छ’ उनले भने ।

गत वर्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएपछि कलौनीले आफ्नी छोरीलाई विद्यालयमा पढाउने प्रतिवद्धता गरेका थिए । त्यस अनुसार उनले बोर्डित्यस अनुसार उनले बोर्डिङ्ग पढ्दै गरेकी छोरीलाई आफ्नै विद्यालयमा भर्ना गरेका छन् ।

अध्यक्ष कलौनी राजनीतिनमा पनि सक्रिय छन् । विद्यार्थी राजनीतिबाट आएका उनी काँग्रेसको भीमदत्त नगर सभापति छन् । बैजनाथको अध्यक्ष भएपछि उनले विद्यालय सुधारका लागि सक्रिय रुपमा लागेका छन् । उनी बैजनाथलाई देशको शैक्षिक हब बनाउने लक्ष्य लिएर विद्यालय सुधार अभियान थालनी गरेका छन् ।

‘सामुदायिक विद्यालयमा अध्यक्ष, शिक्षक,कर्मचारी, त्यहाँ भएकाले पनि आफ्नी छोरा छोरी पढाउँदैन भन्ने ठूलो जन गुनासो छ, यो सत्य पनि छ’ उनले भने, म त्यसलाई चिर्न चाहन्छु, म आफ्नो मात्रै होइन, मेरो विद्यालयका सबै शिक्षक, कर्मचारीका छोरा छोरी पनि यही पढुन भन्ने चाहन्छु, त्यसका लागि मैले आग्रह गरि सकेको छ, त्यसको सुरुवात आफैंबाट गरेको छु ।’

सामुदायिक विद्यालयका अध्यक्ष र शिक्षक कर्मचारीले आफ्ना सन्तान निजी विद्यालय पढाउँदा शैक्षिक गुणस्तर खस्किएको चिन्ता व्यक्त हुँदै आएको छ । त्यही चिन्तालाई मध्यनजर गरी पदाधिकारी सहित शिक्षक कर्मचारीले आफना सन्तान भर्ना गर्न थालेका छन् ।

६ दशक अघि स्थापना गरिएको बैजनाथ माध्यमिक विद्यालय कञ्चनपुरकै सबैभन्दा पुरानो विद्यालय हो । यस शैक्षिक सत्रदेखि कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्न थालिएको छ । यस बाहेक कृृषि जेटीएको पनि विद्यालयमा पठनपाठन हुँदै आएको छ ।

नयाँ शैक्षिक सत्र सुरु अगावै विद्यालयले नयाँ विद्यार्थी खोजीका लागि घरदैलो अभियान सुरु गरेको थियो । विद्यालयले भीमदत्त नगरपालिका४,६ र ३ नम्बर वडालाई विद्यार्थी भर्ना अभियान केन्द्रित गरेको छ ।

विद्यालयका प्रधानाध्यापक विष्टले भर्ना अभियानका क्रममा अभिभावकबाट आएका सकारात्मक धारणाले उत्साहित भएको बताए । ‘अहिलेसम्म पुगेका सबै ठाउँमा निकै राम्रो रेस्पोन्स पाएका छौ, यसले उत्साहित भएका छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...