ghar sansar

छाप विनै रसिद काटेर रोयल्टी राजश्व हिनामिना गरिएको भीमदत्तको स्वीकार, छानिबनमा आलटाल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा कार्यालयको छाप विना रसिद काटेर रोयल्टी संकलन गरी हिनामिना गरेको पाइएको छ । स्थानीयले छाप विना रसिद काटेर रोयल्टीमा बदमासी गरिएको भन्दै ज्ञापन पत्र बुझाएपछि खोजी गर्ने क्रममा छाप विना रसिद रकम लिइएको भेटिएको छ ।

भीमदत्त नगरपालिकाका राजश्व शाखा प्रमुख विक्रम भण्डारीले ज्ञापन पत्र प्राप्त भएपछि वास्तविकता के रहेछ भनेर बुझदा रसिदमा छाप लगाउन छुटेको देखिएको बताएका छन् ।

,orning glory badhai

‘हिजो (शुक्रबार) महाकाली नदिको रोयल्टी संकलन गर्दा कर्मचारीले नगरपालिकाको छाप नलगाई दिएको र राजश्व छलि भइरहेको भन्दै नगरपालिकामा स्थानियले ज्ञापन पत्र पेश गरेपछि,हामीले वास्तविकता बुझदा एकै पटक धेरै गाडी आएपछि हतारमा हाम्रो कर्मचारीबाट केही रसिदमा छाप लगाउन छुट्यो तर राजश्व छलि भने भएको छैन’ उनले भने, ‘छाप लगाउन छुटेको रसिद नम्बर र सो रसिदको अधकट्टी मिलेको छ ।’ उनका नुसार कार्यालयको छाप बिना पनि राजस्व संकलन गर्न पाइन्छ । छाप भन्दापनि रसिदको अधकट्टी महत्वपूर्ण हो ।’

dirghayi clinic

नगरपालिका कर्मचारीले छाप विना रसिद काटिएको भेटे पनि त्यसमा संलग्न कर्मचारीमाथि छानबिन गर्न आलटाल गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार चौकीसोतामा रोयल्टी बदमासी विरुद्ध चक्काजाम गरेका छन् ।

महाकाली नदिकोे रोयल्टी संकलनमा कर्मचारीले नगरपालिकाको छाप विनाकै रसिद दिएर राजश्व छलि गरिरहेको भन्दै भीमदत्त नगरपालिका–११,१२ र १३ का स्थानियले बिहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

नगरपालिकाले दिएको ठेलीको रसिदको अर्धकट्टी भएपछि सो रसिदको रकम नगरपालिकामा नै जम्मा हुने भएकाले हिनामिना गर्न नसकिने दावी गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...