ghar sansar

एकल महिलाका लागि चुरा पोते बनाउने तालिम सुरु

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा कमजोर आर्थिक अवस्था भएका एकल महिलाहरुका लागि चुरा पोते बनाउने तालिम सुरु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १८ ले सञ्चालन गरेको तालिममा वडाभित्रका २० जना महिला सहभागी भएका छन् ।

ratnam malkhad

सात दिनसम्म चल्ने तालिमको उद्घाटन भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले गरिन् । उनले तालिमबाट महिलालाई सीप सिकेर आर्थिक रुपमा बलियो हुने सहयोग पुग्ने बताइन् ।

भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । कार्यक्रममा जनपं्रतिनिधि, कर्मचारी सहित सहभागी भएको वडा सचिव दिनेशराज भट्टले बताए ।

   

Himal dental
सम्बन्धित
Loading...