होली फेमली क्रिकेड एकेडेमीको १२ दिने निःशुल्क प्रशिक्षण शिविर समापन

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली क्रिकेट मैदानमा सञ्चालित १२दिने निःशुल्क क्रिकेट प्रशिक्षण शिविर सकिएको छ । होली फेमली क्रिकेट एकेडेमीले चैत २९ गतेदेखि क्रिकेट ट्रेनिङ्ग क्याम्प सञ्चालन गरेको थियो । प्रशिक्षणमा दुुई सय बढी खेलाडी सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।

janjyoti campus

एकेडेमीका अध्यक्ष भुपाल सिंह बिष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बू, नेशनल क्रिकेट सिलेक्टर बाशुदेब जोशी, युनिल श्रेष्ठ, भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन कार्की, भीनपा ७ का वडा अध्यक्ष गणेश चन्द र प्याब्सन केन्द्रिय सल्लाहकार हिरा चन्द विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा क्रिकेटका रोष्ट्रिय खेलाडी मिलन बोहरा, कविता जोशी र बिन्दु रावललाई नगद नगद सहित सम्मान गरिएको छ । बोहरा अण्डर १९ राष्ट्रिय टीमका खेलाडी हुन् । उनीहरु सबैलाई दोसल्ला ओढाएर सम्मान गरी जनही २५ हजार १ सय ५१ नगद प्रदान गरिएको छ ।

क्रिकेट ट्रेनिङ क्याम्पमा सहभागी सबै खेलाडी र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरिएको छ । १२ दिनसम्म १० जना प्रशिक्षकले खेलाडीहरुलाई प्रशिक्षण दिएका छन् ।

समापन कार्यक्रममा एकेडमीका सचिव महादेव प्रसाद भट्टले स्वागत मन्तव्य राखे । हरि सिंह ठगुन्नाले सञ्चालन गरेको कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष विष्टले गाउँ घर वस्तीमा क्रिकेटको विकास गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने लक्ष्य राखेर ट्रेनिङ्ग क्याम्प सञ्चालन गरिएको बताए । आगामी दिनमा पनि क्याम्पलाई निरन्तरता दिइने उनले बताए ।

कञ्चनपुर जिल्ला क्रिकेट संघले गत महिना एकेडेमीसित सहकार्य गरी यहीं मैदानमा अण्डर १९ जिल्ला स्तरीय छनौट प्रतियोगिता आयोजना गरेको थियो । क्रिकेट संघ र एकेडेमीबीच अण्डर १९ क्रिकेट प्रतियोगिताका लागि तीन वर्षे सम्झौता भएको छ ।

छनौट प्रतियोगितापछि निःशुल्क ट्रेनिङ्ग क्याम्प सञ्चालन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान मन्त्री रावलले एकेडेमीको प्रयासले क्रिकेट खेलको विकास विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेलको विकाका लागि आफूले कबर्ड हलमा व्यवस्थित रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि अहिले ठेक्का भएर काम सुरु हुने चरणमा पुगेको बताए ।

२०५७ मा स्थापना भएको होली फेमली इङ्गलिश मिडियम स्कुलले खेलकूदलाई प्राथमिकता दिँदै क्रिकेट एकेडेमी स्थापना गरेको छ । विद्यालयमा क्रिकेट बाहेक भलिबल, फुटबल, ब्याडमिन्टन लगायतका खेल प्रतियोगिता हुँदै आएका छन् ।

 

 

ghar sansar
सम्बन्धित
Loading...