ghar sansar

भीमदत्तले दिन थाल्यो श्रम स्वीकृति, रावत र भण्डारीलाई श्रम स्वीकृत दिएर गरियो सुरुवात

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सोमबारदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ । स्थानिय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ ।

भीमदत्त नगरपालिकाले दुई स्थानियलाई सोमवार श्रम स्वीकृत प्रदान गरेको छ । वडा नम्बर ९ निवासी आनन्द सिंह रावत र वडा नम्बर ८ निवासी भवान सिंह भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर उप प्रमुख तथा कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले खादा ओडाएर श्रम स्वीकृत पत्र प्रदान गर्नुभएको हो ।

lotus institite

आजदेखि नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख नीलम लेखक जोशी बताइन् ।

‘विगतमा श्रम स्वीकृत लिन राजधानी काठमाण्डौँ जानुपर्ने बाध्यता, समयमा काम नहुने, खर्च बढी हुने लगाएतका थुप्रै समस्या वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले भोग्नु पथ्र्यो ।’

daimond public

उनले भनिन्, ‘जब सरकारले श्रम स्वीकृत स्थानिय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो तबबाट हामीले,हाम्रा कर्मचारीहरु वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई जतिसक्दो छिटो नगरपालिकाबाटै श्रम स्वीकृती प्रदान गर्नेगरी काम ग¥यौँ र आजबाट नगरपालिकाबाटै श्रम स्वीकृत प्रदान गर्ने सेवाको सुरुवात भएको छ ।’ उनले भनिन्, ‘अब पहिलेको जस्तो समस्या स्थानियहरुले भोग्नु पर्दैन ।’

नगरपालिकाबाटै श्रम स्वीकृत पाएपछी भीनपा–९ का रावतले खुशी लागेको बताए । । ‘पहिला यो श्रम स्वीकृत लिन काठमाण्डौँ जानु पथ्र्यो,त्यहाँ होटेलमा बस्न, आउन, जान गाडी भाडा लगायत धेरै खर्च हुन्थ्यो, ‘खर्च भएपनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगर्दिने लगायतका धेरै समस्या झेल्नु पर्ने बाध्यता थियो ।’

भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीन बहादुर महराकाअ अनुसार सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको हो । गत चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्रीस्तरिय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्था समेत गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...