ghar sansar

दलित समुदायका महिलाको सामाजिक न्याय र विकास प्रक्रियामा पहुँच बढाउन संवाद कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सरोकारवलाहरुको भूमिका विषयक जिल्ला स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।
दलित महिला संघ (फेडो) कञ्चनपुरले जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराको प्रमुखा आतिथ्यमा कायक्रम गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैर सरकारी सस्थाका प्रतिनिधि, अधिकारकर्मी, दलित समुदायका अगुवा सहभागी भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समन्वय समितिका प्रमुख बोहराले विद्यमान सामाजिक मान्यताका कारण जातीय विभेद र छुवाछुत हुने गरेको उल्लेख गर्दै समय अनुसार हट्दै गएको उल्लेख गरे । उनले दलित समुदायलाई शैक्षिक र आर्थिक रुपमा सम्पन्न बनाएर जातीय विभेद र छुवाछुत हटाउनु सकिने बताए ।

,orning glory badhai

कार्यक्रमका विशिष्ठ अतिथि दलित महिला संघ फेडोका संस्थाका अध्यक्ष दुर्गा सोवले संविधानमा जातीय विभेद र छुवाछुतलाई अपराध मानिए पनि व्यवहारमा हट्न नसकेको उल्लेख गर्दै सामाजिक मूल्य, मान्यता, चिन्तन र सोच परिवर्तन हुन पर्नेमा जोड दिइन् ।

उनले समाजमा दलित समुदायका महिला सबैभन्दा पछाडि परेकाले राज्यले विशेष व्यवस्था गरी अघि ल्याउनु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै तिनै तहको सरकारमा सम्मानजक स्थान हुनु पर्नेमा जोड दिइन् ।

वर्षौदेखि पछाडि पर्दै आएकाले दलित समुदायका महिलाको सामाजिक न्याय र राज्यका सबै निकायमा पहुँच हुनु पर्ने उल्लेख गर्दै त्यसका लागि राजनीतिक दल सहितका सरोकारवालाले वकालत गर्नु पर्ने बताइन् ।

ेदलित गैर सरकारी संस्था महासंघ(डिएनएफ) का केन्द्रीय उपाध्यक्ष नर बहादुर विश्वकर्माले दलित समुदायले वर्षौैदेखि गर्दै आएको संघर्षले केही हक अधिकार पाए पनि अझै सम्माजनक रुपमा समाजमा जिउन नसकेकोमा दुःख व्यक्त गरे ।

dirghayi clinic

राज्य सञ्चालन गर्ने दल र राज्यका निकायमा दलित समुदायको पहुँच हुनु पर्नेमा जोड दिँदै उनले जातीय विभेद र छुवाछुत सामाजिक कलंक भएकाले सबैले हटाउनु पर्ने उल्लेख गरे ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशब चन्दले जातीय विभेद र छुवाछुत समाजका लागि कलंक भएकाले यसलाई हटाउन सबैले लाग्नु पर्नेमा जोड दिए ।

एमाले कञ्चनपुरका जिल्ला कमिटी सचिव पल्लवराज भट्टले समाजका सबै समुदायले जातीय विभेद र छुवाछुत विरुद्ध बोल्नु पर्नेमा जोड दिए । सबै समुदायले यस विरुद्ध जनचेतना मुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गर्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर निलम लेखक जोशीले विपन्न र समाजमा पछाडि पारिएका वर्ग समुदायलाई प्राथमिकता दिएर कार्यक्रम बनाइने बताइन् । भीमदत्त नगरपालिकाले दलित समुदाय लगायत बहिस्करणमा पारिएका समुदायका हक अधिकार संरक्षण हुने गरी कार्यक्रम गर्ने उनको भनाई छ ।

दलित महिला संघ(फेडो) का अध्यक्ष कला स्वर्णकारले सरकारले २०६३ मा जातीय विभेद तथा छुवाछत मुक्त राष्ट्र घोषणा गरे पनि अझैसम्म कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

दलित महिला संघ फेडो कञ्चनपुरका अध्यक्ष लक्ष्मी विकको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका ६ वडा अध्यक्ष महेन्द्र खड्का, १८ का अध्यक्ष रविन्द्र देवकोटा, फेडोका केन्द्रीय सचिव हिमा सुनार, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाही, गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य नरेश सिलाल लगायतले मन्तव्य राखे ।

दलित महिला संघ फेडाको कार्यक्रम संयोजक नर बहादुर आउजीले दलित समुदाका महिलाको सामाजिक न्याय तथा विकास प्रक्रियामा पहुँच बढाउनका सरोकारवालासित संवाद गरिएको बताए ।

फेडोका उपाध्यक्ष लक्ष्मी ताम्रकारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुनकेस्रा नेपालीले गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...