तिलाचौरमा भारतबाट घर फर्किएकी युवती बलात्कृत, प्रहरीले थाल्यो आरोपित युवकको खोजी

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ मा एक १७ वर्षिया युवतीमाथि बलात्कार गरिएको छ । भारतमा बस्दै आएकी ती युवती केही दिन अघि घर फर्किएर आफन्तकोमा बस्दै आएकी थिइन् ।

युवतीका आफन्तले जिल्ला प्रहरी कार्यालयबाट बिहीबार उजुरी दिएका छन् । प्रहरीका अनुसार तिलाचौरका देउवा थरका युवकले ती युवतीलाई बोलाएर खेतमा बलात्कार गरेका छन् । युवतीका आफन्तले युवकले बलात्कार गरेपछि ती युवतीलाई खोलामा फाल्दा उनको कम्मरमा चोट लागेको छ ।

janjyoti campus

बिहीबार दिउँसो बालिकाको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

‘निवेदन आएको छ, हामीले बालिकाको स्वास्थ्य परीक्षण पनि गरेका छौँ, ‘उनले भने, ‘दोषि भनिएका व्यक्तिको खोजिकार्य भईरहेको छ ।’

ghar sansar
सम्बन्धित
Loading...