ghar sansar

भीमदत्तका उप मेयर जोशी दम्पत्तिको वैवाहिक वर्षगाँठ : विपन्न परिवारलाई खाद्यान्न, असहाय बालबालिकाको स्वास्थ्य बीमा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख नीलम लेखक जोशी दम्पतिले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा विपन्न परिवारलाई खाद्यान्न वितरण र असहाय वालवालिकाहरुको स्वास्थ्य वीमा गरि दिएका छन् ।

वैवाहिक वर्षगाठको अवसरमा भीमदत्त नगरपालिका वडा नम्बर १, १०, ३ र १८ का विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको नगर उपप्रमुख लेखकले बताइन् । यस्तै ५ जना असहाय,अनाथ बालवालिकाहरुको स्वास्थ्य वीमा समेत गरिदिएको उनले बताइन् ।

dirghayi clinic

‘पछिल्लो समय प्राय मानिस आफ्नो जन्मदिन, एनिभर्सरी अथवा अन्य कुनै कार्यक्रमहरु ठुलठुला होटेलमा गएर मनाउने परिपाटी रहेको छ ।’

उनले भनिन् ‘त्यसरी होटेलमा गएर फजुल खर्च गरेर भन्दापनि गरिव, असहाय, अनाथ, विपन्न परिवारलाई सहयोग तथा अन्य सामाजिक कार्य गरेर आफ्नो जन्मदिन,एनिभर्सरी मनाउन सकिन्छ भन्ने लागेर विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण र अनाथ, असहाय वालवालिकाहरुलाई विरामी भए उपचार गर्न सहज होस भन्ने उद्देश्यले स्वास्थ्य वीमा गरिदिएका हौँ ।’

केही दिन अघि आफ्नो छोराको जन्मदिनको अवसरमा पनि उनले वृद्धआश्रमका वृद्धवृद्धाहरुलाई खाद्यान्न सहयोग गरेकी थिइन् ।

   

Himal dental
सम्बन्धित
Loading...