ghar sansar

गृह जिल्ला आएका परराष्ट्र मन्त्री साउँद भन्छन् –भारतसितको सीमा विवाद कुटनीतिक ढङ्गले हल हुन्छ

khasi

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउँद) ले मन्त्री साउदले भारतसितको सीमा विवाद कुटनीतिक ढङगबाट टुङगो लगाइने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतमा क्रममा सीमा विवाद सम्बन्धी छलफल हुन सक्ने जनाए ।

dirghayi clinic

‘प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका बेला नेपालका तर्फबाट व्यापार र केही परियोजनाका एजेण्डा अघि सार्ने योजना छ, आइतबार प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले नेपालका तर्फबाट भारतसंग उठान गर्नुपर्ने सबै एजेण्डा मन्त्रालयगत रुपमा मागिएका छौँ, सबै मन्त्रालयबाट आएकामध्ये प्राथमिकताका आधारमा अघि लैजान्छौँ, भारतसित सीमा विवाद कुटनीतिक ढङ्गबाट हल गर्छौ ।’

मन्त्री साउदले उप निर्वाचन परिमाणलाई मात्रै आधार बनाएर राष्ट्रिय ईन्डिगेटर बनाउन उपयुक्त नहुने भन्दै काँग्रेसको जनमत स्थिर रहेको बताए । उनी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...