भोजराज पन्त
आलिताल(डडेल्धुरा) । डडेल्धुरा आलिताल गाँउपालिका ३ स्थित आलिताल पर्यटकीय तथा धार्मिक ताल हो । आलिताल जति पर्यटकीय रुपमा प्रसिद्ध छ, त्यति नै धार्मिक रुपमा पनि छुट्टै पहिचान कायम गरेको छ ।
आलितालमा घुम्न आउने आन्तरिक एवम् बाह्य पर्यटक दैीिक ५० जना भन्दा बढी आउने गरेको तालका पाले गगन सिंह पुनले बताए । अहिले दैनिक पर्यटक आउने क्रम बढेको उनी बताउँछन् ।
‘पहिला पहिला स्थानीय मात्र आउने गरेको र अहिले जिल्ला बाहिरका र भारती पर्यटक पनि आउने गरेका छन्’ पुनले सुनाए । उनले भने,‘आलिताल हेर्न आउने पर्यटकलाई बाँसुरीको धुन सुनाई मनोरन्जन गराउँदै आइरहेका छौ ।’
यहाँ पर्यटकको सुविधाको लागि तालको चारैतीर पक्की पदमार्ग र भ्यू टावर समेत बनाएको छ । धार्मिक रुपमा रुपमा पनि भक्तजन आउने क्रम पनि पहिलेको भन्दा बढेको छ यहाँ भगवती, समैजी, ब्राहदेवताको संगम ठाँउ भएकाले धार्मिक रुपमा पनि त्यति नै महत्व बोकेको छ । भक्तहरुले साँचो मनले सोच्यो भने मनोकामना समेत पुरा हुने बिश्वास रहेको छ ।
आलितालको जति प्रचार प्रसार हुनुपर्ने त्यति प्रचारप्रसार नभएको गाँउपालिकले अझै प्रचारप्रसारमा जोड दिनु पर्ने आन्तरिक पर्यटक अम्वर थापामगरले बताए ।
बैतडीको पाटनबाट आएका प्रर्यटक सन्देश भट्टले यो तालको छेउमा एउटा आलिताल लेखेको बोड समेत नराखीएकोमा दुःख व्यक्त गरे ।
‘हामी आलिता पुग्यौ भन्ने कुरा फोटो वाट साथीभाई सन्देश सजिलै फोटोबाट देखाउन सकिन्थ्यो । आलितालको सहि प्रचार प्रसार भयो भने यो तालबाट गाँउपालिको राम्रो आम्दानी समेत हुन सक्छ’ दार्चुलाका अर्का पर्यटक विर वहादुर धामीले भने ।
आलितालमा डुङ्गामा घुम्ने रहरे आएका कञ्चनपुरका लोकराज बोहरा जब आलिताल पुगे तर त्याँहा डुग्गा बिग्रिएको देखेर दिक्क लागेको उनले बताए । बाटो पनि बेदकोट बुडर राजमार्गदेखि आलिताल जाने वाटो धुलाम्य रहेकोले फराकिलो र कालेपत्रे गर्न पर्ने उनको माग छ ।
‘स्थानिय सरकारले यथाशीघ्र डुङ्गा सञ्चालनमा ल्याउनु पर्ने र पर्यटकहरुको आउजाउका लागि सडक पूर्वाधरमा सुधारमा ध्यान दिनु पर्छ’ बोहराको सुझाव छ ।