ghar sansar

सुकासालमा प्रहरीले समानान्तर भन्सार कार्यालय चलाएको खुलासा, गड्डाचौकीबट जाँचपास भएर आएको समानलाई तराजुमा राखेर फेरि जाँच

little buddha academy
khasi

महेन्द्रनगर । गड्डाचौकी भन्सार कार्यालयबाट समान जाँचपास गरी आएको समान सुकासालमा प्रहरीले फेरि तराजु राखेर जाँच गर्न थालेपछि केयरिङ्गकर्ता आक्रोशित भएको बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी तराजु सहित प्रहरी निरीक्षक नेतृत्वको टोलीलाई समाज जाँचका लागि खटाएको हो ।

केही दिनदेखि प्रहरीले सुकासला चौराहमा सुकासाल चौराहको सडकमा केयरिङ्गकर्तालाई रोकेर तराजुमा समान जाँच गर्दै आएको स्थानीयले बताए । भन्सार काटेर आएको समानलाई रोकेर फेरि चौराहा जाँच गर्न थालेपछि केयरिङ्गकर्ता आक्रोशित भएको स्थानीयको भनाई छ ।

,orning glory badhai

मंगलबार समानको विषयमा विवाद बढेपछि केयरिङ्गकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी सहित केही घाइते भएका छन् । प्रहरीको सुकासाल बिटमा तोडफोड गरिएको थियो ।

प्रहरीले झडपको समाचार संकलन गरि रहेका पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँबरलाई पक्राउ गरेको थियो । उनीहरुसंगै केयरिङ्गकर्ता पनि पक्राउ गरिएका छन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र विनु शाहीको नेतृत्वमा मंगलबार प्रहरी टोली परिचालन गरिएको थियो ।

स्थानीयका अनुसार प्रहरीले तराजु राखेर सामान जाँच गर्न थालेपछि केयरिङ्गकर्ता सहित अन्य स्थानीय पनि प्रहरी आक्रोशित थिए । ‘भन्सारबाट जाँच गराएर आएको समान फेरि जाँच गर्न थालेपछि प्रहरीसित निकै आक्रोश थियो, त्यो हिजो साँझ पोखिएको हो’ सुकासालका स्थानीयले भने,‘भन्सार जाँच गरी आएको समान त्यसरी जाँच गर्ने अधिकार प्रहरीलाई कसले दियो भनेर आक्रोश थियो ।’

स्थानीयले कञ्चनपुर उद्योग बाणिज्य संघलाई समेत भन्सारको अधिकार प्रहरीले प्रयोग गरी दुःख दिएको भन्दै गुनासो उनीहरुले बताए । उनीहरुले बाणिज्य संघलाई आफूहरुको समान गड्डाचौकी वा सुकासालमध्ये एक ठाउँमा जाँचपास गर्न पर्ने आग्रह गरेका थिए ।

प्रहरीले भन्सार जाँच पास भएर आएको समान सुकासालमा फेरि जाँच गर्दै आएको विषयमा भन्सार कार्यालयले अनविज्ञता व्यक्त गरेको छ । भन्सार कार्यालयबाट जाँचपास भएको समानमा शंका लागे नियन्त्रणलाई लिएर कार्यालयमा बुझाउन बाहेक बाटोमा जाँच गर्ने अधिकार प्रहरीलाई नभएको भन्सार कार्यालयका अधिकारीहरुले बताए ।

‘भन्सारबाट जाँचपास भएको समानमा शंका लागेमा त्यसलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाउनु पर्ने हुन्छ, बाटोमा तराजु राखेर वा अन्य कुनै पनि कार्य गरी त्यसरी समान जाँच गर्न पाउँदैन’ भन्सार कार्यालयका एक अधिकारीले भने,‘अब प्रहरी बाटोमै त्यसरी तराजु राखेर समान जाँच गर्छ भने त्यसबारे कार्यालय बुझ्छ ।’

सुकासालस्थित प्रहरी बिटका प्रहरीले भने जिल्लाको टोली आएर समान जाँच गर्दै आएको बताउँछन् । ‘जिल्लाबाट इन्स्पेक्टरसापको कमाण्डमा आएको टोलीले समान जाँच गर्दै आएको हो,’ विटका प्रहरीले भने,‘माथिबाट के हुन्छ, के हुँदैन थाह हुँदैन ।’

Himal dental
सम्बन्धित
Loading...