महेन्द्रनगर । अखिल नेपाल कबड्डी संघका पालिका स्तरीय समिति गठन गर्न थालिएको छ । संघले बुधबार भोल गरी संघको भीमदत्त नगर स्तरीय समिति गठन गरिएको छ ।
निरज चन्दको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरिएको छ । संघको पालिका स्तरीय समिति देशभरमै पहिलो हो ।
समितिको उपाध्यक्षमा जय बहादुर बोहरा, सचिव नारायण चन्द र कोषाध्यक्षमा खगेश्री चन्द चयन भएका छन् । समितिमा जनकराज भट्ट, भरत पाल, जगत भण्डारी, नरेन्द्र नेपाली, सरस्वती ऐर, हरिना भण्डारी र रमेशचन्द्र ओझा सदस्य छन् ।
कबड्डी संघका केन्द्रीय सदस्य तथा केन्द्रिय प्रतिनिधि कृष्ण देब पन्त रोहबरमा भेला गरिएको थियो । भेलामा कबड्डी संघका अध्यक्ष महेश चन्द, उपाध्यक्ष यज्ञ प्रसाद शर्मा, कञ्चनपुर जिल्ला खेलकुद समितिका कबड्डी प्रशिक्षक बिष्णु दत्त भट्ट ,भीमदत्त नगर खेलकूद समितिका अध्यक्ष शरद चन्द, कबड्डीका शिक्षक नारायण चन्द लगायतका खेलाडी, प्रशिक्षक सहभागी भएका छन् ।