प्रेमिकाको आत्महत्यापछि माया मेट्रोका डाक्टर फरार, पूर्व प्रेमी पक्राउ

महेन्द्रनगर । उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका शाहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार केसी शनिबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । यस्तै किटानी जाहेरीमा आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर सन्दीप भट्ट भने फरार छन् ।

प्रहरीकाअनुसार उनी मृतक शाहसँग प्रेम सम्बन्धमा थिए । मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी ल्याएको बताउदै डीएसपी चन्दले दर्ताको प्रक्रियामा रहेको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए । माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

के भनु के गर्छौ के गर्छौ । त्यसरी नि निकाल्ने हो त । के भनु । अब तिमी छिटो आउ के । त्यो बिग्रन सक्छ, त्यसमा क्यान्सर हुन सक्छ । अस्ति त्याृे चौकीमा तीन दिनमा चेन्ज गर्नु भनेको थियो नि । आफैंले निकाल्ने नै होइन नि ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.