सुकासाल प्रकरण : पत्रकारमाथि दुव्र्यवहारमा संलग्न तीन प्रहरी इन्सपेक्टर र एक असईलाई विभागीय कारवाही

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ स्थित सुकासालमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुव्र्यवहार गरी पक्राउ गर्ने तीन प्रहरी अधिकृत सहित चार जना विभागीय कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले तीन प्रहरी निरीक्षक र एक जना प्रहरी सहायक निरीक्षकलाई विभागीय कारवाही स्वरुप सचेत गराएका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले प्रहरी उपरीक्षक थापालाई फिर्ता सहित दुव्र्यवहारमा संलग्न प्रहरीलाई कारवाहीका लागि आन्दोलन गर्ने चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारीले शुक्रबार महासंघ पदाधिकारीसित छलफल गरी दिनभित्र कारवाही गर्ने प्रतिवद्धा गरेका थिए । छलफलमा प्रहरी उपरीक्षक थापा सहभागी थिए । प्रशासन कार्यालयमा गरिएको प्रतिवद्धता अनुसार उनीहरुलाई कारवाही गरिएको थियो ।

janjyoti campus

जिल्ला प्रहरी कार्यालयले प्रशासन कार्यालयमा जानकारीका लागि पठाएको पत्रमा तीन प्रहरी निरीक्षक र एक जना सहायक प्रहरी निरीक्षकलाई विभागीय कारवाही स्वरुप सचेत गरिएको उल्लेख गरिएको छ ।

‘सुकासालमा डिउटीमा खटिएका प्रहरी कर्मचारीबाट अप्रिय व्यवहार भएको विषयमा छानबिन गरी देहायका प्रहरी कर्मचारीलाई विभागीय कारवाही स्वरुप सचेत गराइएको जानकारी कञ्चनपुरका प्रहरी उपरीक्षकबाट जानकारी हुन आएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ’ प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव कार्कीले सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

प्रशासन कार्यालयले सार्वजनिक सूचनामा प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकको नाम उल्लेख गरिएको छैन । पत्रकार महासंघले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र विनु शाही सहित संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।

प्रहरी स्रोतका अनुसार वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सिह भण्डारी र प्रहरी सहायक निरीक्षक अमर सिह पनि विभागीय कारवाहीमा परेका छन् । उनीहरुमध्ये भण्डारी घट्नास्थलमा भएकाले कारवाहीमा परेका हुन् । प्रहरी सहायक निरीक्षक सिह सुकासाल प्रहरी बिटका इन्ज्चार्ज हुन् ।

पाँच दिन अघि सुकासालमा प्रहरी र केयरिङ्गकर्ताबीच भएको झपडको समाचार संकलन गरि रहेका बेला प्रहरीले पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँबरलाई पक्राउ गरेको थियो । पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिले विज्ञप्ति प्रकाशित गरी संलग्नलाई कारवाहीको माग गरेको थियो ।

प्रशासन कार्यालयले कारवाही सार्वजनिक गर्न अघि नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामी नेतृत्वमा पत्रकारको टोलीले भेटघाट गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...