ghar sansar

प्रधानमन्त्रीको भारत भ्रमण अगावै सीमा क्षेत्रमा एसएसबीले देखाउन थाल्यो दादागिरी

दोधारा चाँदनीको सुन्दरनगरमा १५ परिवारको जग्गा हडप्ने दाउ, स्थानीयले फालि दिए खम्बा

little buddha academy
khasi

महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा नेपाली भूमिमा दावी गरेपछि स्थानीय प्रतिकार उत्रिएका छन् । एसएसबीले नेपाली भूमिलाई आफ्नो भन्दै सीमाङ्कन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

एसएबीले आफ्नो भूमि भएको दावी गर्दै नेपाली भूमिमा खम्बा गाडेको थिए । एसएसबी विरोमा उत्रिएका स्थानीयले ती सबै खम्बा उखेलेर फालि दिएका छन् ।

,orning glory badhai

स्थानीय तमान सिंह गुरुङ्गले नेपाली भूमिलाई भारतीय भूमि दावी गरी सीमाङ्कन गर्न थालिएपछि विरोधमा उत्रिएको बताए ।
स्थानीयको विरोधपछि नेपाली सुरक्षाकर्मी, स्थानिय, भारतीय सीमा सुरक्षा बल (एसएसबी) बैठक बसेको छ । बैठक निष्कर्ष विना टुङ्गिएको सहभागीहरुले बताए ।

dirghayi clinic

बैठकमा नेपालीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्न नदिने र भारतीय क्षेत्रमा आए हेरौला भन्ने धम्की दिएको बताईएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्र भन्दा नेपाली भूमिमा डोरी लगाएर खुँटा (निसाना) गाडेर भारतीय भूमि भएको दाबी गरेको छ ।

स्थानीय गुरुङ्गका अनुसार वर्षौ देखि खेती गर्दै आएको स्थानियहरुको जग्गा भारतीय पक्षले वर्षौदेखि विवाद गर्दै आएको स्थानीय बताउँछन् ।

नेपाल–भारत सीमा स्तम्भ नं. १७ नजिक भारतीयले १५ जना नेपाली घर परिवारको जग्गामा दावी गरेको हो । स्थानीयका अनुसार मान बहादुर गुरुङ्ग, नारायण अधिकारी, लक्ष्मण बहादुर पुन मगर, अमर बहादुर थापा, बिरबल गुरुङ्ग, रतन बहादुर गुरुङ्ग, ईमान सिंह गुरुङ्ग, राम बहादुर सारु मगर, ढाल बहादुर गुरुङ्ग, टंक बहादुर गुरुङ्ग, तुल बहादुर गुरुङ्ग, खडक बहादुर रोकाया मगर लगायतको जग्गा दावी गरेको छ ।

स्थानीय मान बहादुर गुरुङ्गले पटक पटक भारतीय पक्षबाट दुःखी हुनु पर्ने बाध्यता हटाउन नेपाल सरकारले सीमा क्षेत्रमा ठुलो पर्खाल एवम् काँडेतार आवश्यक रहेको स्थानीय बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...