ghar sansar

बजेटबाट स्वास्थ्य विश्वविद्यालय हटेपछि काँग्रेस साँसद बलायर निशानामा, आन्दोलन चर्किने सम्भावना

little buddha academy
khasi

महेन्द्रनगर । सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको गेटास्थित शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बजेटमा समावेश नभएपछि सुदूरपश्चिमले आक्रोश पोख्न थालेको छ । सरकार आफैंले तीन महिना अघि गरेको निर्णय विपरित बजेट विनियोजन गरेपछि यस विरुद्ध आन्दोलन चर्किने सम्भावना छ ।

‘सरकारले गत माघ अन्तिम साता विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, अस्ति जेठ ५ गतेको नीति तथा कार्यक्रममा पनि विश्वविद्यालय समावेश गरिएको छ’ विश्वविद्यालय अभियानका अभियन्ता एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टल भने,‘यसले सुदूरपश्चिमबासी लज्जित छौ, यो सुदूरपश्चिमवासीमाथि अन्याय हो, यसलाई तत्काल सच्याएर रातो किताबमा विश्वविद्यालय स्थापनाका लागि बजेट विनियोजन गर्न माग गर्छौै ।’

,orning glory badhai

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्र सुधार नचाहने तत्वले बजेटमा गेटा मेडिकल कलेजलाई अस्पताल वा प्रतिष्ठान बनाएको निवर्तमान साँसद भट्टले आशंका व्यक्त गरे । ‘केही बहालवाला साँसदले नै विश्वविद्यालय चाहिँदैन भन्नु भएको थियो, अहिले नीति तथा कार्यक्रममा आएका विषय बजेटमा त्यसै अनुसार आएको छ’ उनले भने,‘यो सुदूरपश्चिमका वासिन्दाको स्वास्थ्य प्रगति देख्न नचाहने तत्वले षडयन्त्रपूवर्क गराएको छ, यसको हामी विरोध गर्छौ ।’

कैलाली निर्वाचन क्षेत्र नं. ४ का काँग्रेस साँसद बीर बहादुर बलायरले केही दिन अघि गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन नसकिन अभिव्यक्ति दिएका थिए । काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासपात्र उनी काँग्रेसको सुदूरपश्चिम प्रदेश सभापति छन् ।

सरकारले माघ अन्तिम साता गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । अहिले तीन महिनापछि बजेटमा प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएपछि असन्तुष्टि देखिएका छन् ।

dirghayi clinic

निवर्तमान साँसद भट्टले बजेटबाट विश्वविद्यालय हटाएपछि बुधबारदेखि कैलाली र कञ्चनपुरका सरोकारवालासित छलफल गर्ने तयारी गरेका छन् । स्वास्थ्य विश्वविद्यालय स्थापनका लागि कैलालीमा बनेको संघर्ष समितिसित बुधबार छलफल गरिने निवर्तमान साँसद भट्टले बताए ।

‘अब यो माग पूरा गर्न संघर्षमा कार्यक्रम नगरी नहुने अवस्था आयो, त्यसका लागि भोलि कैलालीमा संघर्ष समितिसित छलफल हुन्छ, त्यसका आधारमा अघि बढ्छौ’ उनले भने ।

उनले स्वास्थ्य क्षेत्रका अगुवासंग प्रतिवद्धता व्यक्त गर्दै मन्त्रिपरिषद्को बैठकबाट शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिएकाले सरकार पछि हट्न नहुने बताए ।

‘गेटा मेडिकल कलेजका लागि ६ सय शैय्याका संरचना तयार गरिएका छन् । ६ सय शैय्याको संरचनामा एक सय बेड सञ्चालन गर्ने काम पश्चगमन भएको छ’ उनले भने,‘विश्वविद्यालय स्थापना हुनु पर्छ, त्यसका लागि हामी संघर्ष गर्न तयार छौ ।’

गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । निर्माणाधीनमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।

६ सय शैय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य सहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र थिए । सरकारले माघमा विश्वविद्यालय घोषणा गरेपछि ऐन बनाएर सञ्चालन गर्ने अपेक्षा गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...