
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले बजेट कटौतीको आलोचना गर्न थालेपछि सत्ता पक्षका प्रदेश साँसद कार्यक्रम स्थलबाट बाहिरिएका छन् । उनीहरु मायोको चिनो ग्रहणका लागि भने फेरि कार्यक्रमा फर्किएका छन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघको ३२ औं साधारण सभा उद्घाटन समारोहमा निवर्तमान मुख्यमन्त्री रावलले वित्तिय समानीकरण, समपुरक र विशेष अनुदान कटौती गरिएकोमा सरकारको आलोचना गरे । उनले वित्तिय समानीकरण १३ प्रतिशत, समपुर ३ प्रतिशत र विशेष अनुदान ५ प्रतिशत कटौती गरिएको उल्लेख गर्दै सत्ता पक्षका साँसद चुपचाप बसेको भन्दै असन्तुष्टि पोखे ।

उनले आफू प्रतिपक्ष दलको नेता भएकाले बोल्नु पर्ने भन्दै बजेट कतौटीका कुरा गर्न थालेपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, प्रकाश रावल कार्यक्रमबाट बाहिरिएका हुन् । उनीहरुले रावल अघि आफ्नो मन्तव्य राखि सकेका थिए । प्रदेश सभाका अर्का सदस्य ओमबिक्रम भाट उनीहरु भन्दा अघि नै बाहिरिएका थिए । उनी बोलेपछि कार्यक्रमबाट बाहिरिएका थिए ।
कार्यक्रम सुरु भएको केही समयपछि पुगेको प्रदेश सभा सदस्य बेल बहादुर राना भने मन्तव्य नराखेर बाहिरिएका छन् । निवर्तमान मुख्यमन्त्री रावलको मन्तव्य सकिएपछि उनीहरुलाई मायाको चिनो ग्रहणका लागि बालाइएको थियो । बाहिर आएका उनीहरु मायाको चिनोका लागि भने कार्यक्रममा गएका हुन् ।
निवर्तमान मुख्यमन्त्री रावलले सरकारले बजेटमा साँसद विकास कोष ब्युँताएकोमा पनि आपत्ति जनाए ।
