महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको ३२ औं वार्षिक साधारण सभाले संघका पूर्व अध्यक्ष हेमबिक्रम थापाको सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । साधारण सभाको बन्द सत्रबाट पूर्व अध्यक्ष थापालाई गरिएको कारवाही फुकुवा गरी सदस्यता नविकरण गर्ने निर्णय गरिएको हो ।
बन्द सत्रमा साधारण सदस्यहरुले पूर्व अध्यक्ष थापालाई औचित्यहिन कारवाही गरिएकाले फुकुवा गर्न माग राख्दै धारणा राखेका थिए । बन्द सत्रमा अध्यक्ष थापाको कारवाही फुकुावका पक्षमा धेरै सदस्यले धारणा राखेका थिए ।
तीन पटक संघको नेतृत्व गरि सकेका थापालाई १० वर्ष अघि उनको सदस्यता नहरने गरी कारवाही गरिएको थियो । उनी त्यसपछि चेम्बर अफ कमर्शको नेतृत्व गरेका थिए ।
संघमा थापा सबैभन्दा बढी तीन पटक संघको अध्यक्ष भएका छन् । चौथो पटक अध्यक्षका लागि चुनाव लडेका थापालाई संघका पूर्व अध्यक्ष गणेशदत्त जोशीले पराजित गरेका थिए । उनी पराजित भएपछि संघले थापामाथि संघ विरुद्ध गतिविधि गरेको भन्दै सदस्यता खारेज गरेको थियो ।
संघको उद्घाटन सत्रमा संघका पूर्व अध्यक्ष यज्ञराज भट्टले पनि अध्यक्ष थापालाई गरिएको कारवाहीबारे प्रश्न उठाएका थिए । उनले संघको विधान वा अन्य के कारणले कारवाही गरिएको थियो भनेर सोधेका थिए ।
उनले वर्तमान कार्य समितिलेृ विधान अनुसार चलेका भएर अध्यक्ष सहित सबैले राजनीमा दिनु पर्ने सुझाव दिए ।