ghar sansar

बेलौरीमा दशगजामै भारतीय एसएसबी क्याम्प, मेसिन लगाएर भारतीयले दशगजामै गरे खनजोत

khasi

महेन्द्रनगर । भारतीय नागरिकले बेलौरीमा दशगजा नजिक जमिनमा खेत जोत्ने मेसिन लगाएर खनजोत गरेका छन् । बेलौरी नगरपालिका –१० भुडा सीमा क्षेत्र नजिक रहेको कम्बोजनगर गाउँका ती भारतीय नागरिकले आफ्नो खेत जोत्ने क्रममा दशगजाको सडक पनि जोतेका हुन् ।

dirghayi clinic

बिहीबार आफ्नो खेत जोत्ने क्रममा उनले दशगजामा पनि हैरो चलाएको सशस्त्र प्रहरीले जनाएको छ। ’यहाँको दशगजा मानिने सडकमा भारतीय नागरिकले खेतसंगै दशगजा पनि जोतेका रहेछ्न,’ बीओपि भुडाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रमेश प्रसाद अवस्थीले भने, ’हिजो नै ती स्थानीयलाई आफ्नो खेतमा डिल हालेर सडकमा केही नगर्न भनेको छु ।’

भुडास्थित सीमा पिल्लर ३४ देखि ३५ को बिचमा उक्त बाटो पर्छ । उक्त बाटो भारतीय गाउँ कम्बोजनगर र नेपाली गाउँ भुडामा बस्ती बसे देखिको हो। यसैलाई दशगजा मान्ने गरिएको छ । कतिपय नेपाली नागरिकले भने यो क्षेत्र आफुहरुको जमिन रहेको बताउछन् ।

केहि वर्ष आगाडी सोही क्षेत्रमा एसएसबीले अस्थायी पोस्ट राख्न खोज्दा स्थानीयले प्रतिकार गरेका थिए। त्यतिबेला सो ठाउबाट क्याम्प हटाएपनि भारतीय सुरक्षाकर्मिले फेरि त्यही नजिक दशगजामै पुनः क्याम्प राखेर बसेका छन्। कञ्चनपुरको बेलौरी लगायत दक्षिणी क्षेत्रमा सीमा विवाद यथावत नै छ।

Himal dental
सम्बन्धित
Loading...