सुख्खा बन्दरगाह र महाकाली कोरिडोरमा काटिने रुखको क्षतिपूर्तिका लागि निवर्तमान साँसद भट्टले वृक्षारोपण अभियान, दोधारा चाँदनी र ब्रह्मदेबमा गरियो वृक्षारोपण
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले ५१ औं विश्व वातावरण दिवसमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा वृक्षारोपण गरेका छन् । ती दुबै क्षेत्रमा जनप्रतिनिधि, स्थानीय, सुरक्षाकर्मी र सरकारी निकायसित समन्वय गरी वृक्षारोपण गरिएको छ ।
दोधारा चाँदनीको सुख्खा बन्दरगाह र भीमदत्तमा महाकाली कोरिडोर निर्माणका क्रममा धेरै रुख काटिने भएपछि निवर्तमान साँसद भट्टले ती रुखको क्षतिपूर्तिका लागि वृक्षारोपण गरेका हुन् । सुख्खा बन्दरगाह र कोरिडोमार झण्डै १२ हजार बढी रुख कटान हुने लागेका छन् ।
भीमदत्त नगरपालिकाको ब्रह्मदेब डडेल्धुराको सीमा क्षेत्रसम्म पर्ने कोरिडोर क्षेत्रमा एक हजार नौ सय ५१ रुख काटिन लागेका छन् । यसैगरी सुख्खा बन्दरगाहमा १० हजार बढी रुख काट्ने तयारी छ ।
‘सुख्खा बन्दरगाहर र कोरिडोर दुबैमा धेरै रुख काटिँदै छन्, त्यसलाई पूर्तिको लागि वृक्षारोपण अभियान सुुरुवात गरिएको हो’ निवर्तमान साँसद भट्टले भने,‘यो अभियानलाई निरन्तरता रुपमा अघि बढाउछु ।’
वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ मा एउटा रुख काटिए २५ रुख लगाउनु पर्ने प्रावधान छ ।
निवर्तमान साँसद भट्टले कानुनी प्रावधान अनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि वृक्षारोपण सुरु गरेका छन् । यो अभियान अन्र्तगत दुबै नगरपालिकाका खाली स्थान, सशस्त्र प्रहरी बलका कार्यालय, विद्यालय र सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण अभियान सुरुवात गरी निवर्तमान साँसद भट्टले सरकारलाई वातावरण ऐन कार्यान्वयनका लागि दबाव दिन पनि खोजेका छन् । वातावरण ऐन अनुसार एक रुख काटिए २५ रुख लगाउनु पर्ने प्रावधान विकासका योजनामा कार्यान्वयन भएको छैन । उनले वातावरण संरक्षण, सन्तुलन र संवद्र्धका लागि हातेमालो गर्दै अघि बढ्न समेत सबैमा आग्रह गरेका छन् ।
उनका अनुसार ऐन अनुसार यी दुबै योजानका लागि १ लाख २३ हजार ७ सय ७५ रुख रोप्नु र्पछ । महाकाली करिडोरको थप डडेलधुरामा २ लाख ६१ हजार ८ सय ७५, बैतडीमा १ लाख १४ हजार ९ सय र दार्चुलामा ५१ हजार ५० रुख रोप्नु पर्ने बताइएको छ ।