ghar sansar

अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकामा पाँच दिन विद्यालय बन्द, अरु स्थानीय तहलाई छैन मतलब

भीमदत्तमा प्रधानाध्यापकहरुलाई भएन खासै गर्मी

महेन्द्रनगर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि जेठ ३० गतेसम्म विद्यालय बन्द गरेको छ । बेलौरी नगरपालिकाको नगर प्रमुख स्तरीय निर्णयबाट शुक्रबारदेखि ३० गतेसम्म ५ दिन विद्यालय बन्द गरिएका छन् ।

daimond public

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे बिदाबाट मिलान हुने गरी सो अवधिमा विद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्राचार गरिएको जानकारी दिए ।

lotus institite

बेलौरी बाहेक अन्य ८ स्थानीय तहले भने गर्मी विदा दिएका छैनन् । भीमदत्त नगरपालिकामा गर्मी विदाका लागि प्रधानाध्यापकहरुको तीन अघि बैठक बसेको थियो । बैठकमा खासै गर्मी नभएको भन्दै विदा दिने निर्णय नभएर बैठक सकिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...