ghar sansar

समन्वय प्रमुख बोहरालाई विद्यालयले नै टेरेनन्, विद्यालय बन्दको आग्रह लत्याइयो

महेन्द्रनगर । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले विद्यालय बन्दका लागि गरेको सार्वजनिक आव्हानलाई सामुदायिक र संस्थागत सबै विद्यालयले मान्न अस्वीकार गरेका छन् ।

अत्यधिक गर्मी भएर लु चल्न थालेपछि समन्वय समिति प्रमुख बोहराले बिहीबार सबै स्थानीय तह मातहतका विद्यालय पाँच दिन बन्दका लागि आग्रह गरेका थिए । उनको आग्रहपछि बेलौरी नगरपालिका बाहेक सबै स्थानीय तहमा विद्यालय सञ्चालन गरिएका छन् ।

lotus institite

बेलौरी नगरपालिकाले समन्वय प्रमुख बोहराले सार्वजनिक आग्रह गर्न अघि नै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यस बाहेक अन्य ८ स्थानीय तह विद्यालय बन्द गर्न अस्वीकार गरेका छन् ।

समन्वय समितिका प्रमुख बोहराले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्ने र पठनपाठनमा पनि वाधा उत्पन्न हुने भएकाले विद्यालय बन्दका लागि सार्वजजिक आव्हान गरेका हुन् ।

daimond public

समन्वय समिति प्रमुख बोहरा जिल्ला शिक्षा समितिको अध्यक्ष पनि हुन् । शिक्षा समितिको अध्यक्षको हैसियतमा उनले विद्यालय बन्दका लागि आग्रह गरेका छन् । शिक्षा समितिका सदस्य सामुदायिक विद्यालय र संस्थागत विद्यालयले पनि उनको आग्रहलाई अस्वीस्कार गरि दिएका छन् ।

‘हाल गर्मी बढ्दै गएकाले प्रतिकूल मौसम प्रतिकूलताको कारणले विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्ने र विद्यालयमा हुने नियमति पठनपाठन कार्य समेत कठिनाई उत्पन्न हुने भएकाले सम्पूर्ण गापा÷नपाहरुले एक रुपता कायम रहने गरी मिति २०८०÷१÷२८ गतेदेखि मिति २०८०÷२÷३२ गतेसम्म पाँच दिन आफ्ना नगरपालिका÷गाउँपालिकाका अन्र्तगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विदा गर्न हुन हुन अनुरोध छ’ समन्वय प्रमुख बोहराले सार्वजनिक आग्रहमा भनिएको छ ।

समन्वय प्रमुख बोहराले सार्वजनिक विदाका लागि आग्रह गरेको पत्र सार्वजनिक भएपछि उनी आफंै भने विवादमा तानिएका छन् । विद्यालय विदा सम्बन्धी एकै व्यहोराको पत्र दुई पत्र फरक फरक चलानी नम्बरको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

अत्यधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकामा विदाका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक र संस्थागत विद्यालय सञ्चालकहरुसित बैठक बसेको थियो । बैठकमा सहभागीले गर्मी खासै नभएकोले विदा गर्न नहुने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...