ghar sansar

सार्वजनिक कार्यक्रममै म ठकुरीको छोरी हुँ, दलितको हातको पानी खादिनँ भन्ने उप मेयरलाई कारवाही माग

khasi

महेन्द्रनगर । राष्ट्रिय दलित आयोगले बैतडीको दशरथचन्द नगरपालिकाका उप प्रमुख कौशिला चन्दलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गदै उनले गरेको विभेदजन्य व्यवहारप्रति आयोग र सिंगो दलित समुदायलाई दुःखित बनाएको भन्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम हदै सम्मको कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

‘आजको २१ औं शताब्दीमा विज्ञान र प्रविधिले मानव सभ्यता उच्च विन्दुमा पुगेको सन्दर्भमा जनताबाटै अनुमोदित जनप्रतिनिधिबाटै पटकपटक यस्तो भेदभावजन्य घृणित कार्य हुनु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै ठाडो उपहास गरेको छ । न्यायिक समितिको संयोजक र जनप्रतिनिधिबाट नै दलित माथि विभेद हुन्छ भने आम दलित समुदायले न्याय माग्न कहाँ जाने ? भनेर गम्भीर प्रश्न उब्जाइरहेको छ’, आयोगका सदस्य एवम प्रवक्ता सुन्दर पुर्कुटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

dirghayi clinic

गत जेठ २१ गते जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनको सन्दर्भमा बैतडी जिल्लामा आयोजित कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले सार्वजनिक कार्यक्रम स्थलमै ‘म ठकुरीको छोरी हुँ, दलितको हातको पानी खादिनँ, यो मेरो आफ्नो इच्छाको कुरा हो’ भन्दै सिङ्गो दलित समुदायको अपमानित हुने गरी जातीय भेदभावजन्य व्यवहार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगले नेपालको संविधानको प्रस्तावनामा सबै प्रकारका जातीय तथा लैंगिक भेदभावको अन्त्य गर्ने संकल्प गरेको छ र आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यमा सबै प्रकारका हिंसा, शोषण, विभेद र दुर्व्यवहारको अन्त्य गरिनेछ भनी सम्बोधन गरिएको स्मरण गराएको छ ।

यस्तै संविधानको धारा २४ मा जातीय छुवाछूत विरुद्धको हकमा कसैले कसैलाई धर्म, परम्परा, रीतिरिवाज वा आस्थाको आधारमा भेदभाव गर्न नपाइने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

यदि त्यस्तो कार्य गरेमा दण्डनीय हुने कुरा उल्लेख गरिएको र जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले जातीय छुवाछूत र भेदभावजन्य क्रियाकलाप निजी र सार्वजनिक स्थानमा कुनै पनि बहानामा गर्न निषेध गरेको छ र दण्डनीय सामाजिक अपराध हुने उल्लेख गरिएको पनि जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...