ghar sansar

लिटिल बुद्ध बन्यो देशभरमै उत्कृष्ठ मावि, प्रिन्सिपल मौनीलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान

khasi

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनी राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएका छन् । फोकस नेपालले शनिबार शनिबार काठमाडौंमा गरेको विशेष समारोहमा लिटिललाई देशभरमा उत्कृष्ठ माध्यमिक विद्यालय बनाउन पुगाएको योगदानको कदर गर्दैै राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको छ ।

Anant bahu travels

समारोहका प्रमुख अतिथि पूर्व मन्त्री अर्जुन नरसिह केसीले प्रिन्सिपल मौनीलाई सम्मान पत्र प्रदान गरे । कार्यक्रममा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल लगायतका सहभागी थिए ।

फोकस नेपालले विद्यालयका पूर्वाधार, दक्ष शिक्षकबाट अध्ययन अध्यापन, गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप र राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादन लगायत विद्यालयको विगत वर्षको नतिजाका आधारमा लिटिल बुद्धलाई देशभरबाट उत्कृष्ठ विद्यालयका रुपमा छनौट गरेको छ । विद्यालयका उत्कृष्ठ बनाउन प्रिन्सिपल मौनीले पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

dirghayi clinic

‘उत्कृष्ठ माविमा सफल हुनु भएकोमा र शिक्षा क्षेत्रबाट दिनु भएको सेवाभाव र त्यसको निरन्तरताको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा पनि प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदानमा निरन्तर लाग्नु हुनेछ भन्ने विश्वासका साथ फोकस नेपाल संस्थाद्वारा आयोजित विशेष समारोहमा तपाईलाई राष्ट्रिय शिक्षा सम्मान २०८० द्वारा सम्मानित गर्दछौ’ सम्मान पत्रमा उल्लेख गरिएको छ ।

झण्डै दुई दशकदेखि सञ्चालित विद्यालयमा अढाई हजार विद्यार्थी अध्ययनरत छन् ।

     

Himal dental
सम्बन्धित
Loading...