ghar sansar

पुनर्वासमा रास्वपाको अन्तरक्रिया, रास्वपा प्रदेश सभापति भन्छन्–व्यवस्थालाई सही मार्गमा ल्याउँछौ

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश र पुनर्वास नगर समितिबीच अन्तरक्रिया गरिएको छ । रास्वपा पुनर्वासका नगर सभापति सरेश गजुरलेको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सभापति प्रकाश बिष्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा वर्तमान राजनीतिक परिघटना राष्ट्रिय स्वतन्त्र पार्टी भुमिकाबारे अन्तरकृयामा सहभागीहरुले जिज्ञासा राखेका थिए ।

lotus institite

कार्यक्रममा नगर सभापति गजुरेलले पार्टी निर्माण गर्न स्पष्ट रणनीति, आर्थिक दिगोपना, सदस्यहरुको क्षमता विकास, ठुला जनचासो भएका भ्रष्ट्राचार विरुद्धको अभियानलाई निरन्तर उठान गर्ने, आम नागरिकसंग निरन्तर जोडिएर काम गर्नु पर्ने र यसमा प्रदेशले अनुगमन तथा सहयोगी भूमिका खेल्नु पर्ने कुरा जोड दिए ।

पुराना पार्टीको गतिविधि जस्ताको त्यस्तै अनुसरण गरेर कार्यक्रम गर्नु भन्दा पनि रचनात्मक र जनताको समस्या सम्वोधन हुने खालको रचनात्मक कार्यक्रममा जोड दिनु पर्ने क्षेत्रीय सदस्य आनन्द सुवेदीले बताए ।

daimond public

रास्वपा ५ नं. वडा सभापति कमला सुनारले खुला सिमामा हुँने अवैध आयतले स्थानीय उद्योग, उत्पादन धारासायी भएको, स्वदेशमै सामान्य व्यापार व्यवसाय गरेर बस्ने वातावरण नभएका कारण युवाहरु विदेश पलायन हुँनु परेका हुँदा रास्वपाले स्थानीय उद्योग व्यवसाय प्रवद्र्धन गर्ने र युवालाई स्वदेशमा रोकी देश विकास र उत्पादनमा सहभागि गराउने खालका नीतिहरु ल्याउनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा गोपी खड्काले पुनारा पार्टीहरुमा चाकरी र झोले प्रवृति व्यापक भएको कारण ती पुराना पार्टीप्रति युवामा वितृष्णा जागेकोले सबैका आशा भरोसा भनेको राष्ट्रिय स्वतन्त्र पार्टी भएको हुँदा, यो पार्टीमा झोले प्रवृति पलाउन नदिन र जन चाहना अनुसार पालिकाहरुमा भएका सबै खालका भ्रष्ट्राचार खोजविन गरि पार्टीको नीति अनुसार भ्रष्ट्राचारमा शुन्य सहनशीलता देखाई भ्रष्ट्राचारीहरुको पर्दाफास गर्नु पर्ने बताए ।

रमेश बोहोराले पार्टीको नीति युवा लक्षित हुँन पर्ने र वढि भन्दा बढि युवालाई समेटेर अधि बढ्नु पर्नेमा जोड दिए । व्यवसाय धारासायी हँुदै गई रहेको र राज्य पक्ष राजश्व् असुलीमा मात्रै केन्द्रित रहेको तर उद्योगी व्यवसायीलाई संरक्षण गर्ने तर्फ ध्यान नदिएको भन्दै व्यवसायी स्थानीय व्यवसायी जित बहादुर तामाङले बताए । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक, आर्थिक, सामाजिक, शिक्षाका सवालमा छलफल भएको छ ।

कार्यक्रममा उठेका सवाललाई सम्बोधन गर्दै प्रदेश समिति निरन्तर स्थानीय तहका साथीहरुसंग हातेमालो गरेर अधि बढ्ने प्रदेश सभापति बिष्टले बताए ।

प्रदेश भित्रका सबै पालिकासंग विभिन्न सवालमा दफावार छलफल गराई स्थानीय नागरिकको मर्म र आवश्यकता अनुसारनै प्रदेश पार्टीको नीति तयार पार्ने विषय स्पष्ट पारे । स्थानीय नागरिकलाई परेको समस्याहरुलाई आ आफ्नो तहबाट समधान गर्न आफु पनि लाग्ने र पालिका समितिलाई पनि लाग्न अनुरोध गरे ।

‘व्यस्थालाई सुशासन युक्त बनाउन सके धेरै समस्या हल हुँने हुँदा बिग्रिएको व्यस्थालाई सहि मार्गमा ल्याउन नै रास्वपा स्थापना भएको हो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...