दोधारा चाँदनीमा बर्थ डे पार्टीमा जान घरबाट निस्केकी युवतीमाथि सामूहिक बलात्कार, दुई व्यवसायी पक्राउ

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाबाट १६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दोधाराचाँदनी नगरपालिका–९ का पवन प्रसाद उपाध्याय(२१) र अमर बहादुर खत्री(२६) लाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्टस्थित प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति दुबै जनाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उक्त डेरी उपाध्यायले सञ्चालन गरिरहेका थिए । प्रहरी स्रोतका अनुसार सोहीँ ठाउँकी किशोरी आइतबार साँझ कञ्जभोजस्थित आफन्तको घरमा ‘बर्थडे’ पार्टीमा जान भनेर घरबाट निस्किएकी थिइन् ।

‘मोटरसाइकलमा कञ्चभोज पु¥याई दिन्छु भन्दै उपाध्यायले किशोरीलाई पसलभित्र बोलाएर सटर तानेर बन्द गरेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि खत्रीलाई बोलाएर उनीहरुले सामुहिक बलात्कार गरेको देखिन्छ ।’

खत्री पनि दुग्ध व्यवसायी हुन् । उनको दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बजारमा डेरी पसल छ । उपाध्यायले किशोरीलाई सटर लगाएर कोठाभित्र थुनेपछि फोन गरेर खत्रीलाई बोलाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...