ghar sansar

महेन्द्रनगर मावि (साधारण)का उपाध्ययको ३ दशमवल ९५ जीपीए

Amity

महेन्द्रनगर । महेन्द्रनगर नमूना माध्यमिक विद्यालय(साधारण) का लोकेश उपाध्यक्षले एसइई परीक्षमा ३ दशमलव ९५ जीपीए ल्याएका छन् । सुदूरपश्चिममा उपाध्ययले सम्भवतः सबैभन्दा बढी जीपीए ल्याएका छन् ।

महेन्द्रनगर नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले अहिलेसम्म सुदूरपश्चिममा उपाध्ययको सबैभन्दा बढी जीपीए देखिएको बताए ।

lotus institite

‘अहिलेसम्म अन्य स्कुल जीपीए यति र यो भन्दा बढी आएको सुनिएको छैन’ उनले भने,‘सुदूरपश्चिममा सम्भवतः हाम्रो विद्यार्थीको सबैभन्दा बढी जीपिए हुन सक्छ ।’

अध्यक्ष विष्टले अन्य विद्यार्थीले पनि परीक्षामा राम्रो नतिजा ल्याएको उल्लेख गरे । ‘सबैभन्दा बढी बढी जीपीए मात्रै होइन, सुदूरपश्चिममा उत्कृष्ठ नतिजा आएको छ’ उनले भने,‘यसमा शिक्षक, कर्मचारी अभिभावक विद्यार्थी सबैलाई धन्यवाद दिन चाहन्छौ ।’

विद्यालयका अनुसार परीक्षामा २ सय ८६ विद्यार्थी सहभागी भएका थिए । उनीहरुमध्ये १७  जनाले ३.२ देखि ४ जीपीए ल्याएका छन् । यसैगरी ३.२ देखि ३.६ सम्म ४४ जना, २.८ देखि ३.२ सम्म ७४, २.४ देखि २.८ सम्म ९६ र २ देखि २.४ जीपीए ल्याउने ४८ जना छन् ।

 

 

Himal dental
सम्बन्धित
Loading...