ghar sansar

कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

khasi

महेन्द्रनगर । कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार जिल्ला समन्पव समितिको सभा कक्षमा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नाराका साथ गरिएको कार्यक्रम गरिएको छ । कञ्चनपुरका सबै ९ ओटै पालिकाका बालबालिकालाई प्राणघातक १३ रोग विरुद्ध खोप लगाई सकिएपछि पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा गरिएको हो । यस पालिकालाई घोषणा गरिएका थियो ।

dirghayi clinic

कार्यक्रममा मुख्यमन्त्री शाहले खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणापछि पूर्ण खोप सुनिश्चिताले बाल मृत्युदर घट्ने आशा व्यक्त गरे । ‘खोपमा पछिल्लो समय हामीले प्रगति गर्दै गएका छौं, बालबालिकाहरु कुनै पनि खोपबाट वञ्चित नहुन भनेर बेला बेला विभिन्न कार्यक्रमहरु पनि गरिराखेका छौ’ उनले भने, ‘यसबा बाल मृत्युदर अझै घट्नेमा आशाबादी छौ ।’

कञ्चनपुरका नौ वटै स्थानीय तहहरूमा लक्षित उमेर समूहका व्यक्तिहरूलाई १३ वटा प्राणघातक रोगविरुद्ध खोप लगाई पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित गरिसकेपछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बताए। समन्वय प्रमुख बोहराको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल पार्न तोकिएको कार्य क्षेत्रमा खटिएका महिला स्वयंसेविका, अनमि तथा अहेबलाई नगद तथा प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले खोप सम्बन्धी प्रगति जानकारी गराए ।

Himal dental
सम्बन्धित
Loading...