महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको धनगढीस्थित घरमा मन्त्री निवास मर्मतका लागि लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरेको भेटिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बिनियोजन गरेको बजेटबाट १० लाख रुपैया छुट्टयाएको हो।
धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुको घरमा अहिले भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको निवास छ । प्रकाश नाताले घरधनी आरजुका भतिजा हुन् ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याएको थियो। बजेटबारे दफावार छलफल गर्नु पर्ने माग प्रमुख विपक्षी एमाले सहितका दलहरुले गरे पनि सरकारले त्यसलाई छल्दै आएको आरोप विपक्षीहरुले लगाएका थिए ।