पुनर्वासबाट लागु औषध सहित वडा सचिव पक्राउ

lotus institute

महेन्द्रनगर । पुनर्वासमा लागुऔषध सहित एक जना बहालवाला वडा सचिव सहित दुई जना पक्राउ परेका छन्।

Mahendranagar

पुनर्वास नगरपालिका–५ मदनटोलका २८ वर्षीय कृष्ण प्रसाद बडु र पुनर्वास ‘घ’ गाँउका २७ वर्षीय असिम थापा लागुऔषध सहित पक्राउ परेका छन्। बडु पुनर्वास नगरपालिका– १० मा कार्यरत सहायक वडा सचिव समेत हुन् । उनीहरुको साथबाट ५४० मिलिग्राम लागुऔषध फेला पारेको प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

morning glory

अस्थायी प्रहरी पोष्ट आईबीआरडीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

saark school
सम्बन्धित
Loading...