Sarsoti

कता हराए डडेल्धुराको अजयमेरुका यी बालक

lotus institute

महेन्द्रनगर । डडेल्धुराको अजयमेरु गाउँपालिका ५ का एक बालक केही दिनदेखि वेपत्ता भएपछि घर परिवारले सबैसित सहयोगका लागि याचना गरेका छन् । अजयमेरुको तल्पखा घर भएका १६ वर्षीय तपेन्द्र सार्की असार २९ गतेदेखि हराएपछि परिवार खोजी गरि रहेका छन् ।

Mahendranagar

देवल दिव्यपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सार्की घरबाट स्कूल जाने भनेर निस्किएका थिए । जो पछि घर नै फर्केनन । “ घर बाट स्कूल जान्छु भएर गएको थियो स्कूलनै नगई कता पो बेपत्ता भयो । खोजी कार्यका जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिब्यपुरमा उजुरी गरेका छौं , उनका आफन्तले भने ।

morning glory

बुबा भानी सार्की र आमा मिना सार्कीका छोरा समेत रहेका तपेन्द्र केही दिन यता घर नआएपछि परिवारले खोजी दिनका लागि सबैलाई अपील गरेको छ । उनीहरूले प्रहरी कहाँ पनि खोजी गरिदिनका लागि उजुरी गरेका छन् ।

सामुदायिक विद्यालयको युनिफर्ममै रहेका तपेन्द्रलाई कहीं कतै देखेमा नजिकको प्रहरी चौकीमा अथवा आफूहरुलाई जानकारी गराई दिन परिवारजनले आग्रह गरेका छन । उनलाई भेट्न हुने महानुभावले मोबाइल नं. ९८६८७५८७२२ र ह्वाट्सब न ः +९१९०१५२३२९२३ मा सम्पर्क गरी सहयोग गरि दिन आग्रह गरेका छन् ।

saark school
सम्बन्धित
Loading...