ghar sansar

मेडिकल सञ्चालकलाई अपहरणशैलीमा पक्राउ गरिएको सीएमए संघको आरोप, पत्रकार सम्मेलन गरी पोखियो आक्रोश

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल सिएमए संघ कञ्चनपुरले अवैध मेडिकल सञ्चालन गरिएको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेका स्वास्थ्यकर्मीलाई रिहा गर्न माग गरेको छ । संघले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई अपहरणशैलीमा पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेको हो ।

नेपाल सिएमए संघ कञ्चनपुरका अध्यक्ष तिलकराज जोशीले औषधी पसलमा सिलबन्दी, बरामदी एव पक्राउ गर्दा औषधि व्यवस्था विभाग, प्रशासन, पालिका सहितका निकायसंग समन्वय उपस्थिति बिनै गरिएको बताए ।

,orning glory badhai
dirghayi clinic

‘यदि मेडिकल व्यवसायी स्वास्थ्यकर्मीले लागु औषध बेचे नबेचेको विषयमा बरामद र पक्राउ गर्दा किन ? मुचुल्का बनेनन, ‘उनले भने, ‘प्रहरीले हामीमाथि प्रतिशोध साध्यो ।’

नेपाल सिएमए संघ कञ्चनपुरका निर्वतमान अध्यक्ष बिरेन्द्र तिवारीले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन अनुरुप कामकाज गर्दा समेत गैर कानुनी रुपमा पक्राउदेखि गैर चिकित्सक भनेर प्रचारबाजी गर्ने कार्यले सिङ्गो स्वास्थ्यकर्मीको अपमान भएको बताए ।

नेपाल सिएमए संघ कञ्चनपुरका पुर्व अध्यक्ष पंकज रावलले प्रहरीले रिर्मोट क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई पक्राउ गर्ने कार्य निन्दनिय भएको बताउँदै उक्त अवस्था सृजना नभएको अवस्थामा पक्राउ गर्ने गलत भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...