ghar sansar

महाकालीमा पानीको वहाव बढ्यो, शारदा पुलमा ठूला सवारी आवागमन बन्द

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ । बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको हो ।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...