ghar sansar

भीमदत्तमा ऐन मिचेर फडकर अशुली

महेन्द्रनगर । महेन्द्रनगर । भीमदत्त नगरपालिकाले पटके ऐन विपरित पटेक व्यवसायीबाट फडकर अशुली गर्न थालेको खुलेको छ । नगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्षका लागि पारित आर्थिक ऐनमा तोकिएको रकम विपरित व्यवसायीबाट अशुली गर्न थालिएको हो ।

नगरपालिकाले नयाँ आर्थिक वर्ष सुरु भएपछि कर्मचारी परिचालन गरी कर संकलन गर्न थालेका छ । साउन १ गतेदेखि भीमदत्तको नगर प्रहरीले बजार क्षेत्रमा फडकर संकलन गर्न थालेका छन् । उनीहरुलाई ठेक्का नभएसम्मका लागि कर संकलनमा परिचालन गरिएको हो ।

महेन्द्रनगर बजारमा साउन १ देखि ४ गतेसम्म आर्थिक ऐनमा तोकिएको दर विपरित राजश्व अशुली गरिएका केही रसिद प्राप्त भएका छन् । ती रसिदमा अशुल गरिएको रकम आर्थिक ऐन विपरित देखिएको छ ।

व्यवसायीलाई नाम दिइएका ती रसिदमा सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) लिइएको देखिएको छैन । भयट नजोडेर आर्थिक ऐन विपरित रकमका रसिद काटिएका छन् ।

आर्थिक ऐनमा चाड, गोपगप्पा व्यवसायबाट ८० रुपैँया, फलफूल, तरकारी र अन्य ठेला ४५, इन्जिनद्वारा फलफूलको रस उखुको रस ४५, डि फ्रिल आइसक्रिम ३१, मेनरोडमा रेडिमेड कपडा ४५,चाड पर्वमा मिठाई पोष्टरका ठेला ७० र हरियो साग ८ रुपैँया बिटौरी कर तोकिएको छ ।

नगरपालिकाले नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते फडकर कर वापत नास्ताको ५० रुपैँया लिएको छ । सोही दिन नास्ताबाट फडकर वापत ९० रुपैँया लिएको छ । यी दुबैबाट मूल्य अभिवृद्धि कर (भ्याट लिइएको छैन ।

भीमदत्त नगरपालिको राजश्व शाखाका अनुसार अहिले महेन्द्रनगरमा एक सय जना फडकर तिर्ने व्यवसायी छन् । चाड पर्वमा पटके व्यवसायीको संख्या बढ्ने गरेको छ । यस वर्ष २७ लाख ५० हजार कर संकलन गर्ने लक्ष्य लिइएको छ ।

राजश्व शाखाका प्रमुख लक्ष्मी ओझा भट्टले आर्थिक ऐनमा तोकिएको बाहेक राजश्व रकम लिन नपाइने भएकाले आफूले यसबारे बुझ्ने बताइन् । ‘यो त ऐन नभएको रकम लिइएको छ, यसरी लिन पाइदैन’ उनले भनिन्,‘म यसबारे बुझ्छु ।’

   

Himal dental
सम्बन्धित
Loading...