ghar sansar

कृष्णपुरमा विङ्गर जीप ठोक्किँदा ९ जना घाइते

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–२ बंकमा विङ्गरले जिपलाई ठक्कर दिदा ९ जना घाइते भएका छन् । म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जिपलाई ठक्कर दिँदा ९ जना घाइते भएका हुन् । सरकारी नम्बर प्लेटको जिप कृष्णपुर नगरपालिकाको भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा बैतडी दशरथ चन्द नगरपालिका–२ का २४ वर्षीय आनन्द पुजारा, बझाङका ३० वर्षीय गणेश बोहरा, ४७ वर्षीय जयलाल बोहरा, वेदकोट नगरपालिका–६ का ४० वर्षीय महेश भट्ट, ३५ वर्षीय प्रकाशचन्द्र भट्ट, कृष्णपुर नगरपालिका–२ का प्रकाश नाथ, शुक्लाफाँटा नगरपालिका–६ की ६० वर्षीया चन्द्रादेबी ऐर, ४७ वर्षीया शान्तिदेबी ऐर र कृष्णपुर नगरपालिका–५ का ३५ वर्षीय जनक भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...