बैतडीको पुर्चौडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

महेन्द्रनगर । बैतडीको पुरचौंडी नगरपालिका–२ मा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। तीन जनाको सकुशल उद्धार गरिएको छ । आइतबार राती घरमाथिबाट पहिरो खस्दा करिब २५ वर्षीया अञ्जु जाग्री र उनका ५ वर्षका छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर घाइते भएका छन् । उनीहरुको स्थानीयले उद्धार गरेका थिए । यस्तै पाहुना बस्न आएकी छिमेकी ६० वर्षिया जस्मा बोहरा पनि घाइते भएकी छन् ।

इलाका प्रहरी कार्यालयको टोली भर्खरै घटनास्थलमा पुगेको र सिंगो घर पहिरोमा पर्दा पशुवस्तुसहित मरेको प्रहरी निरीक्षक जोशीले बताए ।

सम्बन्धित
Loading...