ghar sansar

रमेश लेखकका मतदाताले खान्छन् खोलाको पानी

little buddha academy
khasi

–डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिका १ रौटेला र बाराकुण्डा गाँउका वासिन्दा वर्षौदेखि खोलाको पानी खान बाध्य छन् । विगत ६ वर्ष देखि निर्माणाधिन अवस्थामा रहेको खानेपानी योजना समयमै सम्पन्न हुन नसक्दा यहाँका करिव १ सय ५० घरधुरीले अझै खोलार कुलाको फोहर पानी खान बाध्य भएका हुन् । यो वडा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको निर्वाचन क्षेत्र हो ।

यस क्षेत्रका वासिन्दाका लागि २०७५ मा ६ करोड १२ लाख लागत स्टििमेटमा धर्म शान्ती खानेपानी आयोजना सुरुवात गरे पनि अझै सम्पन्न भएको छैन । आयोजान सम्पन्न गर्न ढिलाई हुदा चुरे भएर वग्ने खोला र कुलोको फोहर पानी खान वाध्य भएको स्थानिय नवराज जोशी बताउँछन् ।

,orning glory badhai

यो गाउँमा बाटोघाटो , विजुली तथा सञ्चारको सुविधा पुगेको भए पनि शुद्ध खानेपनीको भने अभावले स्थानीय नगर वासिन्दा भएर पनि दुर्गम वस्तीझै जीवन बिताउन बाध्य छन् । भीमदत्त नगरपालिका १ का दुई गाउँमा शुद्ध पानीको पहुच नहुदा गाई भैसी जस्तै फोहर नाला र खोलाको पानि खानुपर्ने र सोका कारण वर्षैनी विभिन्न रोगको संक्रमणमा परि स्वास्थ्य अवस्थामानै समस्या हुने स्थानिय कर्ण बहादुर विष्टको भनाई छ ।

dirghayi clinic

दैनिक कार्यका लागी चुरे क्षेत्रवाट बगेर आउने रोटेली खोलाको भरमा जिवनयापन गर्ने गरेका त्यस गाँउका स्थानिय हिउँदमा खोला नै सुक्ने भएकाले झनै खानेपानीको समस्यामा पर्ने गरेका छन भने वर्षातका बेला खोलामा वाढि आउने भएकाले धमिलो र फोहर पानी पिउन बाध्य छन । केहि वर्ष पहिले खोलाको पानी गाँउ सम्म पुगाउन पाईपहरु विछ्याए पनी ति पाईपहरुवाट थोरै पानी आउने र एकै मुहान वाट ८÷१० घरपरिवारले पानी लैजादा समयपनी धेरै लाग्ने गरेको छ ।

निर्वाचित जनप्रतिनिधिहरुले यस क्षेत्रमा आउदा गर्छो, हुन्छ, भैहाल्छ भन्ने आश्वासन वाहेक केहि गर्न नसकोको भन्दै अन्य सेवा सुविधा को तुलनामा मानव जिवनमा नभई नहुने खाने पानीको सन्दर्भमा भने ४० वर्ष पहिलेको अवस्था र अहिलेको अवस्थामा खासै परिवर्तन गर्न नसकेको गुनासो स्थानियले गरेका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग धनगढी, कैलालीक कार्यालयका सव ईन्जिनियर कल्पना पन्तका अनुसार भिमदत्त नगर –१ मा ६ करोड १२ लाख लागत स्टिमेटमा निर्माणधिन धर्म शान्ती खानेपानी आयोजनामा हरेक वर्ष फरक फरक शिर्षकमा थोरै बजेट निकासा हुने भएकाले यस्ता आयोजना समयमै निर्माण सम्पन्न ढिलाई हुने स्विकार्दै हाल सम्म २ वटा वोरबेल, वाउन्ड्री वाल, भवन, तथा पाईपलाईन को काम सम्पन्न भएको र वषेट आए यसै वर्ष निर्माण सम्पन्न गरिने वताएका छन ।

भीमदत्त नगरपालिका वडा नम्वर –१ का वडा अध्यक्ष आशेफ कुवँर( भुन्टु) ले विगत २०÷२२ वर्ष देखि नै त्यो क्षेत्रमा खाने पानीको विकराल समस्या रहदै आएको बताएका छन। कुवरका अनुसार २०७४ सालमा आफु जनप्रतिनिधि भई सकेपछि र सोहि गाँउको स्थानियको नाताले योजनाका लागी आफुले नै केहि बजेट समेत हालेको बताउदै भौगोलिक विकटता र केन्द्र सरकारले छुट्याउने वजेट को आकारका कारण योजना सम्पन्न गर्न समस्या भएपनी योजना सम्पन्न गर्न वडाले प्रदेश तथा केन्द्र सरकार संग पार्याप्त वजेटको माग गर्ने वताएका छन ।

 

Himal dental
सम्बन्धित
Loading...