ghar sansar

राज्यलाई दुख्दैन कुतियाकवरको पीडा

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली नदी पारी दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको बर्खा याम सुरु भएपछि भोक र निद्रा हराएको छ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन्। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिंदैन भनेर पिरोलिरहन्छ ।

‘बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ’, कुतियाकबरका स्थानीय खड्के बुढाले भने,‘बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन।’
महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर।

,orning glory badhai

करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन्। जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ। बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन् ।

आफूहरू डरै डरमा बाँच्नुपरेको स्थानीय वसन्ती सुनार बताउँछन्। ‘केही दिनअघि धौलिगङ्गा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौं’, उनले भने, ‘पानी परेमा बेलाबेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ ।’

वर्षातको पानीले किसानलाई राहत हुन्छ । तर, वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक र निद्रा उडाउँछ ।

dirghayi clinic

सुनारको घरमा दुई ससाना छोराछोरी र वृद्ध आमा छन् । यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन्।

स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन्। ‘घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ’, स्थानीय बमबहादुर सुनारले भने, ‘घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्नत्र जान्छौं ।’

उनका अनुसार कतिपयले बाढीको बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन्। महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ। ‘यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ’, उनले भने, ‘खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ ।’

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। वर्षौदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ ।

‘सीमा रक्षक बनेर बसेका हामीलाई सरकारले कहिल्यै हेरन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्’, स्थानीय ऐन बहादुर सुनारले भने, ‘महाकाली उँचो भइसक्यो, हामी होचो भूभागमा छौं, कुनै बेला पनि नदी गाउँ पस्न सक्छ।’

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।

Himal dental
सम्बन्धित
Loading...