

डिल्लीराज पन्त
महेन्द्रनगर । केही दिन यता भारतीय सीमा नाकामा रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ्न थालेको छ ।असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक सयौंको संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य पश्चिमी सीमा नाका गड्डाचौकीमा देखिन थालेका हो ।
बर्खे बाली धान रोपाईं गरेर अहिले नेपालीहरु आय आर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेको दृश्य सिमानाका गडचौकीमा देखिन थालेको छ । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमिक नपाउने कारणले नेपालीहरू भारत जान बाध्य भएका हुन् ।


नेपालभन्दा भारतिय शहरमा जान सहज र ज्याला पनि बढी भएका कारण भारत जाने नेपालीको संख्या वर्षेनी बढेको पाईन्छ । पहाडी भेगमा काम पाए पनि दैनिक जोहो गर्न ज्याला नभएको भन्दै आफ्नो गाउँमा भनेको जस्तो काम नपाउने र पाएको कामको दैनिक ज्यालाले परिवार पाल्न नै गाह्रो भएकाले केही कमाउन सकिन्छ कि भनेर बाध्यताले मुग्लान पस्न लागेको भारत जाने नेपालीले बताए ।
बर्खे खेती पाक्न ३ महिना लाग्ने र गाउमा खेतिपातिको काम समेत सकिएकाले उनीहरु यो विचमा रोजगारी गर्न जादा घरको दैनिक खर्च पनी वच्ने र ३ महिनापछि घर फर्कदा केहि चाडपर्वका लागी घरखर्चको जोहो पनि गर्न सकिने भएकाले आधिकांस सुदुरपश्चिम र कर्णाली प्रदेशका वासन्दिा भारत पस्ने गर्दछन ।

सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै नेपालीहरु श्रमिकका रुपमा भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । पछिल्लो १ सातामा गड्रडाचौकी नाकावाट मात्रै ८ हजारको संख्यामा नेपालीहरु रोजगारीका लागि भारतका विभिन्न शहरहरु छिरेका ईलाका प्रहरीकार्यालय गड्डाचोकीले जनाएको छ ।

आफनो देशमा न त ठुला उद्योग धन्दा तथा कल कारखाना सञ्चालनमा छन न त कृषि क्षेत्रमा लागी आधुनिक खेतिका लागी सरकारले लगानी नै गरेको छ त्यसैका कारण रोजगारीका अवसर नहुदा सहजै मजदुरी नपाईने र घरमा बेरोजगार बस्दा निकै आर्थिक समस्या हुने भएकाले भारत जान बाध्य भएको नेपाली मजदुरहरुले वताएका छन ।

नेपालमा काम गरेअनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरूका लागि पीडाको विषय बनेको छ ।
मुलुकमा संघियता कायम भईसकेको अवस्थामा पनि स्थानिय तहले गरीव पिछडीएका वस्ती र गाउँका लागी रोजगारीका उपयुक्त कार्यक्रम ल्याउन नसक्दा युवा जनशक्ति हरुले उर्जावान श्रमलाई भारतमा बेच्न वाध्य हुनुपरेको भन्दै सरकारले निजिक्षेत्रमा लागनी गर्न नसक्ने र अनुदानका कार्यक्रम पहुचको आधारमा मात्रै दिईने हो भने परिवारका १ ÷२ सदस्यमात्रै हैन पुरै परिवारनै विस्थापित हुने खतरा वढ्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जंग बहादुर मल्लले बताए ।

भारतमा रोजगारीका लागि पुगेका नेपालीहरू केही समय आफ्नै मातृभुमिको मायाले स्वदेशमै फर्किए पनि फेरी विस्तारै पुनः ज्याला मजदुरीका लागी भारत नै जान लागेका छन । नेपालमा काम गरेअनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिक बाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरूका लागि पीडाको विषय बनेको छ ।
सरकारले उत्पादनमुखी श्रमलाई विदेशी वजारमा बेचिन नदिन गाउँघरमै स्वरोजगार मुखी योजना तथा कार्यक्रम ल्याई युवा पुस्तालाई विदेश पलायन हुन वाट रोक्ने तर्फ ठोस पहल थाल्नुपर्ने जरुरी देखिन्छ ।


