कुतियाकवरका पीडा : चुनाव जिताएका साँसदले मोबाइलबाट सुने, भोट माग्न कहिल्यै नआएका वस्तीमै आए

Amity

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवत्तला तथा सांसद ज्ञानेन्द्र शाहीले दोधारा चाँदनीको कुतियाकवर पुगेर वासिन्दाको पीडा संसदमा उठाउने वाचा गरेपछि काँग्रेस नेता कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखकलाई समस्या सुनाउन थालेका छन् । राप्रपाका शाहीले बिहीबार कुतियाकवर पुगेको केही समयपछि काँग्रेसको दोधारा चाँदनी नगर सभापति राजेन्द्र मल्लले कुतियावकरको कटान वस्तीमा पुगेर साँसद लेखकलाई समस्याबारे जानकारी गराएका छन् ।

काँग्रेसका नगर सभापति मल्लले कुतियाकवरमा कटान भई रहेको क्षेत्रमा पुगेर साँसद लेखकलाई समस्या सुनाएका छन् । उनले मोबाइल फोनबाट साँसद लेखकलाई जानकारी गराएको तस्बिर सार्वजनिक भएका छन् ।

janjyoti campus

गत साता साँसद लेखक दोधारा चाँदनी काँग्रेसको नगर सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । अहिले साँसद लेखकलाई समस्याबारे जानकारी गराई रहेका नगर सभापति मल्लको सभापतित्वमा नगर सम्मेलन भएको थियो । नगर सम्मेलन सकिएपछि साँसद लेखक कुतियाकवर नगएर सिधै महेन्द्रनगर फर्केका थिए । अर्को दिन शनिबार काँग्रेस पार्टी कार्यालयमा भीमदत्त नगर काँग्रेसको सम्मेलनमा प्रमुख अतिथि थिए ।

साँसद लेखक दोधारा चाँदनीको नगर सम्मेलनमा सहभागी हुँदा कुतियावकर कटान क्षेत्रमा स्थानीयले जैविक बाँध बनाउँदै गरेका तस्बिर बाहिर आएका थिए । स्थानीयले साँसद लेखक दोधारा चाँदनी आएर कुतियाकर आउने आश गरे पनि उनी फर्किएका थिए ।

राप्रपाका साँसद शाहीले कुतियाकवर पुगेर सँसदमा समस्या उठाउने घोषणा गरेपछि दोधारा चाँदनी काँग्रेस आत्तिएर साँसद लेखकलाई आफ्ना समस्याबारे जानकारी गराउन थालेको स्थानीय बताउँन् । साँसद लेखक नगए पनि सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना भने कटान क्षेत्रमा पुगेका थिए । उनी टाउको चश्मा लगाएर आएको देखेपछि स्थानीयले उनीसित निराश भएका थिए ।

दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर पुगेर शाहीले बस्तीलाई दिनदिनै महाकाली नदी र जगबुडा नदीले कटानी गरेको अवस्था निकै बिकराल रहेको बताउँदै नदी कटान र बाढीको समस्याको बारेमा आफुले सदनमा बोल्ने बताएका हुन् ।

स्थानीयले सांसद शाहीलाई आफुहरुले भोग्दै आएको बाढी र सीमाको समस्याको बारेमा जानकारी गराएका छन् । सांसद शाहीले आफु काठमाण्डौं पुगेर कुतियाकवरको तटबन्ध निमार्ण संगै सिमा क्षेत्रको समस्याको बारेमा आफुले सक्ने जती पहल थाल्ने बताए ।

महाकाली नदीमा पानीको बहाव तिब्र भएर खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिला देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् । नदीको कारण बस्तीनै जोखिममा रहेको छ ।

महाकाली नदी जगबुडा नदीले बिगत लामो समय देखि गर्दै आएको कटानीको अवस्था बुझ्न राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही सहितको टोली आएको दोधारा चाँदनी नगरपालिकाको बाढीीग्रस्त बस्तीमा पुग्न कार्यक्रम अनुसार कुतियाकवर बस्तीमा आएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिए ।

अनुगमनमा राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही, दोधारा चाँदनी नगरपालिका उपमेयर गंगा देबी जोशी, दोधारा चॉदनीका वडाध्यक्ष केशव खत्री, बिक्रम चन्द, चन्द्र बहादुर सिंह लगायतका सहभागी भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...