ghar sansar

गड्डाचौकीको पशु क्वारेन्टिन चेकपोस्ट बन्द

little buddha academy
khasi

महेन्द्रनगर । सरकारले बजेट नदिएपछि गड्डाचौकीस्थित पशु क्वारेन्टिन चेकपोस्ट बन्द भएको छ । सरकारले पशु, खाद्य र प्लान्ट क्वारिन्टन गाभ्ने नीति चालु आर्थिक वर्षको बजेटमा लिए पनि बजेट नआएपछि चेकपोस्ट बन्द गरिएको हो ।

dirghayi clinic

चेकपोस्ट बन्द हुँदा भारतबाट आउने पशु तथा पशुजन्य वस्तुको परीक्षण रोकिएको छ । ‘कार्यालयका लागि बजेट शून्य छ । परीक्षण किटसमेत नभएपछि तत्कालका लागि सेवा बन्द गरेका छौँ,’ पशु क्वारेन्टिन कार्यालय कञ्चनपुरका प्रमुख डाक्टर उत्तम आयार्चाले भने, ‘अर्थ मन्त्रालयबाट कुनै पनि दायित्व सिर्जना हुने काम गरे व्यक्ति स्वयम्ंले व्यहोर्ने भन्ने परिपत्र आएको छ ।’

,orning glory badhai

भारतबाट आउने पशुजन्य सामग्री परीक्षणका लागि दुई नाकामा क्वारेन्टिन राखिएको छ। सरकारले प्लान्ट, पशु, खाद्य क्वारेन्टिन मर्ज गर्ने निर्णय गरेको बुझिएको उनले बताए। ‘मर्ज नहुन्जेलसम्म क्वारेन्टिन सञ्चालनको व्यवस्था गर्नुपर्ने हो,’ आचार्यले भने ।

Himal dental
सम्बन्धित
Loading...