ghar sansar

बैतडीकी सरस्वतीलाई अमेरिकाको जीएआरसी अवार्ड

महेन्द्रनगर । अधिकारकर्मी सरस्वती नेपालीले संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) पाएकी छन् ।

दुई दशकेदेखि मानव अधिकारको क्षेत्रमा सक्रिय बैतडी दशरथ चन्द नगरपालिकाकी सरस्वतीलाई मंगलबार अमेरिकी दूतावासले अवार्ड प्रदान गरेको छ ।

उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन्। अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जितेकी थिइन्। सम्मान र समानताको खोजीमा उनको योगदान, साहस र समर्पणको उदाहरण हो ।

 

Himal dental
सम्बन्धित
Loading...