ghar sansar

साँघातिक आक्रमणमा संलग्न विरुद्ध किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगिन घाइते वडा अध्यक्ष देवकोटाकी आमा

khasi

महेन्द्रनगर । एमाले पार्टी कार्यालयमा साँघातिक आक्रमाणमा परी गम्भीर घाइते रविन्द्र प्रसाद देवकोटाकी किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी छन् । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष समेत रहेका देवकोटालाई धनगढी रिफर गएपछि उनकी आमा कमला देवकाटा जाहेरी लिएर प्रहरी कार्यालय गएकी छन् ।

देवकोटाले आक्रमणमा संलग्न भएको भन्दै युवा संघका केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजङ्ग कुँबर, एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, संघका लेखा आयोगका सचिव प्रविन बोगटी लगायत ७÷८ जना विरुद्ध जाहेरी दिन लागेकी छन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म जोहरी दर्ता भएको छैन । प्रहरी उपरीक्षक कमल थापा पार्टीको आन्तरिक मामिला भएकाले दर्ता गर्न अनिच्छा देखाएका छन् ।

प्रहरी उपरीक्षक थापाले जाहेरी दर्ता अनिच्छा देखाएपछि देवकोटा आफन्तmले आक्रोश पोखेका छन् । ‘मान्छे मर्ने गरी आक्रमण गरिएको छ,समातेर कारवाही गर्नको सट्टा पार्टीको मामला भनेर हुन्छ’ उनका एक आफन्तले भने,‘यो विषय जे हो, पक्राउ गरी कानुनी प्रक्रियामा लैजानु पर्ने हाम्रो माग हो ।’

युवा संघको अधिवेशन मण्डलको सदस्यको हैसियतमा जिल्ला कमिटीको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा देवकोटामाथि आक्रमण गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...