Sarsoti

वडा अध्यक्ष देवकोटा आक्रमण प्रकरण : ८ जना विरुद्ध कर्तव्य ज्यान उद्योगमा किटानी जाहेरी दर्ता, आक्रमणकारी खोज्न थाल्यो प्रहरी

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमणमा संलग्न भएको भन्दै ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी दर्ता भएको छ । वडा अध्यक्ष देवकोटाकी आमा कमला देवकोटाले आइतबार विहान जिल्ला प्रहरी कार्यालयमा उनीहरु विरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

शनिबार एमाले पार्टी कार्यालयमा राष्ट्रिय युवा संघको १० औं अधिवेशनमा अध्यक्ष मण्डलको सदस्य देवकोटाले मतदाता नामावली टाँस गर्ने क्रममा संघका नेता कार्यकर्ताको समूहले उनीमाथि आक्रमण गरेको थियो । आक्रमणपछि शनिबार उनी जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् ।

morning glory
Mahendranagar

देवकोटाकी आमा कमलाका अनुसार युवा संघका कमल रोकाया, प्रविण बोगटी, केशव चन्द, रोहित कुँवर, नविन चन्द, विवेक भट्ट, लेखान्त बुढा र रमेश भट्टका विरुद्ध ज्यान मार्ने उद्योगमा आफूले किटानी जाहरी दिएको बताएकी छन् । उनीहरुमध्ये रोकाया, चन्द, भट्ट एमाले जिल्ला कमिटी सदस्य हुन् ।

वडा अध्यक्ष देवकोटाकी आमाले शनिबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गनृ पनि समस्या भएको र जिल्ला का प्रमुख जिल्ला अधिकारलाई जानकारी गराएपछि मात्रै दर्ता भएको बताईन् । ५० देखी ६० जनाको समुह मिलेर मार्न खोजेको तर भाग्य राम्रो भएर मात्रै आफनो छोरा बाच्न सफल भएको उनले बताईन् ।

अहिले पनि उनको नाक, कानबाट रगत आई रहेको र बान्ता पनि भईरहेको आमा कमला देवकोटाले बताईन् । अहिले उनको माया मेट्रोमा उपचार भईरहेको र काठमाण्डौ लैजाने तैयारी भईरहेको उनले बताईन् ।

उनले प्रहरीले दोषीलाई पक्राउ गर्न लापरवाही गरेको बताईन् । प्रहरीले तदारुकता देखाएको भए सबै तत्काल पक्राउ पर्न सक्ने उनले बताईन् । एसपी थापाले अहिले देवकोटाको पक्षबाट उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए ।

saark school
सम्बन्धित
Loading...