ghar sansar

वडा अध्यक्ष आक्रमण प्रकरण : २४ घण्टे स्पष्टीकरणको जवाफ नआएपछि पार्टीबाट निस्कासनको तयारी

khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरले वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि आक्रमणमा मुछिएका नेता कार्यकर्ताले स्पष्टीकरणको जवाफ नदिएपछि कारवाही प्रक्रिया अघि बढाउने भएको छ । एमाले जिल्ला कमिटीका पदाधिकारीको बैठक आक्रमणमा संलग्न नेता कार्यकर्तालाई पार्टीबाट निस्कासन गर्ने तयारी सहित बैठक बस्न लागेको छ ।

राष्ट्रिय युवा संघको १० जिल्ला अधिवेशनमा शनिबार संघको असन्तुष्ट समूहले वडा अध्यक्ष देवकोटामाथि पार्टी कार्यालयमा साँघातिक आक्रमण भएपछि एमाले जिल्ला कमिटी सदस्य सहित युवा संघका नेता कार्यकर्तालाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो ।

एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाले स्पष्टीकरणको जवाफ नआएकाले पदाधिकारी बैठकबाट कारवाही अघि बढाइन् बताइन् । ‘२४ घण्टे स्पष्टीकरणको जवाफ आएको छैन, अब पदाधिकारी बैठक बसेर कारवाही प्रक्रियामा अघि बढ्छौ’ उनले भनिन् ।

dirghayi clinic

कार्य वाहक अध्यक्ष बुढाले आक्रमणममा संलग्न सबैलाई पार्टीबाट निस्कासन सहितको निर्णय गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाइने बताइन् ।

शनिबार युवा संघका इन्चार्ज महेश वस्नेतको उपस्थितिमा बसेको पदाधिकारी बैठकले संलग्नलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय गरेका थियो ।

आक्रमणबाट गम्भीर घाइते देवकोटालाई संघका ५०÷६० जनाले निर्घात कुटपिट गरेका थिए । गम्भीर अवस्थाका उनलाई आइतबार धनगढीबाट काठमाडौै रिफर गरिएको छ ।

वडा अध्यक्षकी आमा कमला देवकोटाले आक्रमणमा संलग्न रहेको भन्दै अनेरास्ववियुका कमल रोकाया, युवा संघका प्रविन बोगटी, केशव चन्द, रोहित कुँवर, नविन चन्द, विवेक भट्ट, लेखान्त बुढा र रमेश भट्टका विरुद्ध ज्यान मार्ने उद्योगमा आफूले किटानी जाहरी दिएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...